Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:४७:२३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:४७:२३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अखिल क्रान्तिकारीले अघि सारेका स्ववियू सभापतिका उम्मेदवार को हुन् ? 
अखिल क्रान्तिकारीले अघि सारेका स्ववियू सभापतिका उम्मेदवार को हुन् ? 
बलेन्द्र ओली
बलेन्द्र ओली शनिबार, फागुन २०, २०७९

आसन्न स्ववियू निर्वाचनका लागि अनेरास्ववियू क्रातिकारी रुकुम पश्चिमले  जिल्लामा रहेका ८ क्याम्पस मध्ये ३ क्याम्पसका सभापतीको टुङगो लगाएको छ । खलंगा बहुमुखी क्याम्पस मुसीकोटमा रमेश लाछिछाने, सिम्रुतु शिक्षा क्याम्पसमा निर्मला बुढाथोकी र शितल क्याम्पस चौरजहारीमा निराजन केसीलाई सभापती पदको उम्मेदवारमा संगठनले अघि सारेको छ । 

मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा अनुभवी रमेश  
लामिछाने अहिले उमेरले २४ वर्षको हुनभयो । सल्यान जिल्लाको कुमाख गाउँपालिका  ३ नम्बर वडाको रागेचौरमा जन्मनु भएका उहाँ अहिले खलंगा बहुमुखि क्याम्पस मुसीकोटमा शिक्षा संकाय तर्फ मास्टर तहको तेस्रो सेमेस्टरमा अध्यन गरिरहनु भएको छ । कक्षा १ देखि ७ सम्म जनता माद्यामिक विद्यालय कुमाख गाउँपालिका वडा नम्बर ३ रागेचौरमा अध्यन गर्नुभयो । भने त्यसपछि बाँकेको  कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा परिवार बसाई सरेपछि ९ र १० कृष्ण माद्याविक विद्यालय कोहलपुर १ कौशिला नगरमा अध्यन गर्नुभयो ।

कक्षा ११ र १२ पनि सोही नगरपालिकाको वडा नम्बर ११ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा अध्यन गरेपछि भने उहाँ रुकुम पश्चिम आउनुभयो । २०७३ सालमा रुकुम पश्चिम आनुभएका लामिछाने खलंगा बहुमुखी क्याम्पसमा स्नातक अध्यन सुरु गर्नुभयो । स्नातक अध्यन सकिएपछि उहाँ अहिले सोहि क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्यन गरिरहनुभएको छ । 

९, १० कक्षामा पढ्दा कृष्ण मावि कोहलपुरबाट विद्यार्थी संगठनमा आवद्ध हुनुभएका लामिछाने २०७३ सालमा रुकुम पश्चिम खलंगा बहमुखी क्याम्पस स्नातक सुरु गरेपछि २ वर्ष अनेरास्ववियू क्रान्तिकारीको क्याम्पस अध्यक्ष संगै विद्यार्थी संगठनको जिल्ला सदस्य बन्नुभयो । २०७६ सालमा जिल्ला सचिवालय सदस्य, २०७८ सालमा कर्र्णाली प्रदेश सदस्य बन्नुभएका लामिछाने हाल भने उहाँ संगठनको प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । क्रियटिभ युथ नेटवर्क नेपालको अध्यक्ष समेत हुनुहुन्छ । मानव विकास सम्बन्धी काम गर्ने क्रियटिभ युथ नेटवर्क नेपालको केन्द्रीय कार्यालय रुकुममा रहेको छ । यसले देशैभर रुकुमबाट मानव विकास सम्वन्धी काम गरिहेको छ ।

विद्यार्थीको समग्र हकहितका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । लामो समय देखि विद्यार्थी संगठनमा रहेर विद्यार्थीहरुकै हक हितका पक्षमा काम गर्दै आइरहेकोले शैक्षिक र विद्यार्थीका समस्याका बारेमा जानकार रहेकाले अव साझा संगठनको नेतृत्व गरेर उक्त समस्या हल गर्न आफु अघि सरहेको उहाँले बताउनुभयो । 

शितल क्याम्पसमा खारिएका निराजन  
२३ वर्ष पुगेका केसीलाई संगठनले सभापतीको उम्मेदवारमा अघि सारेको छ । चौरजहारी नगरपालिका वडा नम्बर १० भलाक्चामा जन्मनु भएका केसी सानै उमेर देखि बाल क्ललहरुमा सक्रिय हुनुहुन्थ्थो । वडा नम्बर ५ को  लहरे सिमल निमाविमा १ कक्षा देखि ८ सम्म अध्यन गर्नुभएका उहाँ ६ कक्षा पढदै गर्दा बाल क्लवहरुमा आवद्ध हुनुभएको थियो । 

कक्षा ८ मा पढ्दा तत्कालिन विजयश्वरी गाविसको बाल क्लवको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । चौरजहारी नगरपालिका वडा नम्बर २ को शितल माविमा कक्षा ९ देखि १२ कक्षासम्म सिविल सव इन्जिनियर अध्यन गर्नुभएका केसीले कक्षा ९ मा पढ्दै गर्दा  २०७० सालमा नेकपा आओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध हुने मौका सहित मावि मुल एकाई समितिको सचिवको जिम्मेवारी पाउनुभयो । 

२०७१ सालमा मावि मुल इकाइ समितिको अध्यक्ष बन्नुभयो । २०७४ सालमा जिल्ला समिति सदस्य बन्नुभएका केसी पुनः जिल्ला सम्मेलनबाट जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्य, संगठनको जिल्ला अनुसन्धान विभाग संयोजक, साविकका ४ वटा गाउँ विकास समिति विजयश्वरी, कोटजहारी, खोलागाउँ र नुवाकोटको कमाण्ड इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभयो ।

महाेत्सव

२०७५ मा संगठनको सम्मेलन भएपछि भने चौरजहारी नगरपालिकाको अध्यक्ष भएर संगठन विस्तार, विद्यार्थीका समस्याहरुको समाधानको निम्ति सम्बन्धित निकायसंग छलफल लगाएतका काम गर्नभयो । २०७८ सालमा चौरजहारी नगरपालिकाको स्कुलिङ विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभयो । हाल भने विद्यार्थी संगठनको जिल्ला उपाध्यक्ष कर्णाली प्रदेश समिति सचिवालय सदस्यको जिम्मेवारी सम्हालि रहनुभएको छ ।

लामो समयदेखि विद्यार्थी संगठनमा रहेर काम गरेको अनुभवलाई अव साझा विद्यार्थी संगठनको नेतृत्वमा पुगेर प्रयोग गर्ने योजना आफ्ना रहेको उहाँले सुनाउनुभयो । धेरै शैक्षिक समस्याहरु बारे आफु जानकार रहेकोले आफुलाई काम गर्न समस्या नहुने उहाँको भनाई छ ।   

छोटो समयमा अवसर पाएकी निर्मला 
उम्मेरले २१ वर्ष पुगेकी त्रिवेणी गाउँपालिका वडा नम्बर २ बिमैचाकी निर्मला बुढाथोकीलाई अखिल क्रान्तिकारीले आसन्न स्ववियू निर्वाचनका लागि सिम्रुतु क्याम्पसको सभापतीको उम्मेदवार बनाएको छ । कक्षा १ देखि ८ सम्म पिपलनाथ आधारभुत विद्यालयमा अध्यन गरेकी बढाथोकीले ९ कक्षा देखि १२ सम्म त्रिवेणी मावि सिम्रुतुमा अध्यन गर्नुभयो ।

२०७५ सालमा कक्षा १२ मा अध्यन गर्दै गर्दा संगठनको पालिका समितिमा आवद्ध हुनुभएकी बुढाथोकी २०७८ सालमा जिल्ला सम्मेलनबाट संगठनको जिल्ला सह–सचिव पदमा निर्वाचित हुनभयो । सोही वर्ष कर्णाली  प्रदेश सुर्खेतमा भएको सम्मेलनबाट संगठनको प्रदेश समिति सदस्य बन्नुभयो । २०७९ असोज २५ र २६ गते चितवनमा भएको राष्ट्रिय छात्रा भेलाले उहाँलाई छात्रा विभागको केन्द्रीय सदस्यको जिम्मेवारी दियो । अहिले उहाँ सोही क्याम्पसको शिक्षा संकाय तर्फ स्नातक पहिलो वर्षमा अध्यन गरिरहनु भएको छ । 

संगठनमा हालसम्मको जिम्मेवारीबाट हाँसिल गरेको अनुभवलाई विद्यार्थीका समस्यालाई हल गर्न, शैक्षिक सुधारका लागि भूमिका खेल्न, शैक्षिक सवालमा पैरवि गर्न प्रयोग गर्ने बुढाथोकी बताउनुहुन्छ । खास शैक्षिक सवालमा केन्द्रीत हुने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।
  
स्ववियू सभापतिका उम्मेदवारहरुसंगको कुराकानीमा आधारित ।
 


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्