Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल विश्वकप छनौटमा पुगेकोमा रुकुम पश्चिममा खुसियाली र्याली 

नेपाल एकदिवसीय विश्वकप क्रिकेट छनौटमा पुगेको अवसरमा रुकुम पश्चिममा खुसियाली र्याली निकालिएको छ । बिहिकार घरेलु मैदान टियूमा भएको खेलमा यूएइलाई डक वर्थ लुइस पद्धतिबाट ९ रनले पराजित गर्दै नेपाल आगामी जुन, जुलाइमा जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनौटका लागि छानिएको हो । 

त्यसको खुसियालीमा जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको आयोजनामा रुकुम पश्चिममा खुसियाली र्याली निकालिएको हो । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा र्याली निकालिएको थियो । क्रिकेट समर्थकहरुको उपस्थितिमा खलंगाका कालिकास्थानबाट सुरु भएको र्याली जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, तल्लोबजार, पुष्पलाल चोक हुँदै पुनः कालिकास्थानमा पुगेर सकिएको थियो । 

336375197_748797679973171_4065706575392713720_n1679040791.jpg

र्यालीमा उपस्थितहरुले नेपाल विश्वकप छनौटमा पुगेकोमा बधाई साटासाट गर्नुका साथै नेपाली टिम र खेलाडीका पक्षमा नारा लगाएका थिए । खुसी साटासाट गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीले जानकारी दिनुभयो । 

नेपाल एकदिवसीय विश्वकप क्रिकेट छनौटमा पुगेको तथा एकदिवसीय मान्यतालाई कायम गरेको अवसरमा खुसियाली मनाइएको उहाँको भनाई छ । र्यालीमा खेलाडी, खेलप्रेमि, जिल्ला क्रिकेट संघका पदाधिकारी तथा सदस्य एवं सरोकारवालाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update