Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम दोस्रो 

१३ औं कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम दोस्रो भएको छ । प्रदेशका १० वटा जिल्लामध्य रुकुम पश्चिम समग्रमा दोस्रो भएको हो । रुकुम पश्चिमले ५ गोल्ड, ८ रजत र ९ काँस्य पदक गरी कुल २२ वटा पदक हात पारेको छ । 

जिल्लाका लागि सटफुटमा धिरेन्द्र बिक, ज्याभ्लिङ थ्रोममा अनिल बुढा, लङ्गजम्पमा टिकाराम सुनार, छाया विक र तेक्वान्दोमा शोभा थापा मगरले प्रथम हुँदै गोल्ड मेडल दिलाए । त्यस्तै लङ्गजम्प र हाइजम्पमा रमेश सुनार, त्रिपलजम्पमा टिकाराम सुनार, १ सय र २ सय मिटर दौडमा छाया बिक दोस्रो हुँदै रजत पदक दिलाएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । 

त्यस्तै उहाँका अनुसार १ सय मिटर रिले दौडमा कमल बिक, टिकाराम सुनार, बिजय थापा र रमेश सुनार, ज्याभ्लिङ थ्रोमा सङ्गिता बुढा र तेक्वान्दोमा रिना पुन दोस्रो भएका छन् । १ सय मिटर दौडमा टिकाराम सुनार, २ सय मिटर दौडमा कमल बिक र ४ सय मिटर दौडमा बिजय थापा तृतिय हुँदै काँस्य पदक जितेका छन् । 

यसका साथै तेक्वान्दो तर्फ कमल खड्का, सुरेश खड्का र नवीन परियार तथा करातेमा समिक्षा बुढा, प्रबेश रोका र हिमाल रोकामगर पनि तृतिय भएको ढकालले बताउनुभयो । शिल्डमा सुर्खेत प्रथम भयो भने जुम्ला तृतिय भएको छ । यस प्रतियोगिताबाट छनौट भएकाहरुले राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update