Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमका नविनको भारतमा मृत्यु, भारतमा ज्यान गुमाउनेको संख्या बढ्दै   
मृतक नविन ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ का एक व्यक्तिको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेशमा रहेका नविन बस्यालको भीरबाट लडेर मृत्यु भएको हो । तीन वर्ष देखि भारतमा रहेका नविनको शुक्रबार शव फेला परेको परिवारजनले बताएका छन् । पछिल्लो समय रोजगारीको सिलसिलामा भारतमा रहेका व्यक्तिहरुको मृत्यु हुने क्रम बढेको छ ।

केही समय अघिमात्र बाँफिकोट गाउँपालिका ६ घर भई हाल दाङको तुलसिपुरमा बस्दै आउनुभएका कर्णबिर बस्यालको भारतको झारखण्डमा रहष्यमय रुपमा मृत्यु भएको थियो । त्यस्तै शुक्रबार मृत फेला परेका नविनका दाई हंसबिर बस्याल चोरले हानेर गम्भिर घाइते हुनुभएको छ । उहाँको अहिले उपचार भइरहेको भतिज मनोज बस्यालले जानकारी दिनुभयो ।

विभिन्न कारणले पछिल्ला दिनहरुमा रोजगारीका लागि भारत गएका नेपालीहरु असुरक्षित भएको उहाँले बताउनुभयो । यसमा मदिरा र चेतनाको अभाव प्रमुख कारणका रुपमा देखिएको उहाँको भनाई छ । विभिन्न कारणले रोजगारीमा गएकाहरु असुरक्षित हुन थालेपछि परिवारका सदस्यहरु चिन्तामा परेका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update