प्रेस सेन्टर रुकुम पश्चिमको नयाँ कार्य समिति चयन गरिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ को सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा भएको ११ औँ साधारण सभाले देवकुमार ओलीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्माण गरेको हो ।
जसको उपाध्यक्षमा सिजन बाठाँ मगर, नारायण ओली, सचिव मनिष खड्का, सहसचिव सन्देश जैसी, दिपेन्द्र महतारा र कोषाध्यक्षमा सत्यबहादुर बटलालाई चयन गरिएकाे छ । त्यस्तै सदस्यहरुमा ज्ञानी खड्का विष्ट, गोपाल ओली, बलेन्द्र ओली, प्रचण्ड खत्री, लक्ष्मी गौतम र सुनिल विकलाई चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष ओलीले संगठनलाइ चलायमान बनाउने र संगठनको हक हितका लागि आफ्नो कार्यकालमा उदाहरणीय काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँकै अध्यक्षतामा भएको साधारण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बसन्तकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै केन्द्रिय सदस्य गोपाल शर्मा, जिला संयोजक गोविन्द रोका, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष ध्रुवविक्रम बुढाथोकी, केन्द्रिय सदस्य मेगराज खड्का, माओवादी केन्द्र मुसीकोट नगर समिति अध्यक्ष दलबहादुर खड्का लगायत प्रेस सेन्टरमा आवद्ध प्रदेश तथा पालिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । नवनिर्वाचित कार्य समितिकाे पहिलो बैठक जेष्ठ ७ गते बाेलाइएकाे छ ।