Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा प्राइम अर्टसको शाखा स्थापना 
शाखा उद्घाटन गर्दै रुकुम उद्याेग वाणिज्य संघका संयाेजक पहलबहादुर खड्का ।

वस्तुको प्रत्यक्ष विक्रि वितरण अन्तर्गत संचालनमा रहेको प्राइम अर्टसको शाखा रुकुम पश्चिममा स्थापना गरिएको छ । आज एक कार्यक्रमका विच उद्योग वाणिज्य संघ रुकुम पश्चिमका संयोजक पहलबहादुर खड्काले शाखाको उद्घाटन गर्नुभयो । शाखा खलंगाको कालिकास्थानमा रहेको छ । 

पूर्ण रुपमा प्राकृतिक वस्तुबाट बनेका विभिन्न सामग्रीहरु बिक्रि गर्ने र सीपमुलक तालिम संचालन गरेर स्वरोजगारी सृजना गर्ने मुख्य उदे्श्यले शाखा स्थापना गरिएको शाखा प्रवन्धक धनिष खड्काले बताउनुभयो । उहाँका अनुसार शाखाले स्थानीय तथा देशमा प्राप्त जडिबुटी र प्राकृतिक स्रोत साधनको प्रयोग गरी निर्माण गरिएका तथा कुनैपनि हानिकारक असर नभएका पौष्टिक आहारा र कस्मेटिक सामानहरु बिक्रि गर्छ । 

त्यस्तै शाखा मार्फत वेरोजगारहरुलाई लक्षित गरेर विभिन्न प्रकारका सीपमुलक तालिमहरु संचालन समेत हुने खड्काले बताउनुभयो । जिल्लामा यसअघि देखि नै शाखाले सेवा प्रवाह सुरु गरिसकेको थियो । तर औपचारिक रुपमा आज शाखाको उद्घाटन गरिएको हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । 

उद्घाटन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको संचालन जिल्ला शाखाका संस्थापक तथा कम्पनीका सिनियर म्यानेजर विजयविराज खत्रीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update