Top Navigation
आइतबार, असोज ७, २०८० ०४:२०:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:२०:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • बाँफिकोटका १ सय ४ जना बालबालिकालाई वर्षभरीलाई पुग्ने शैक्षिक सामग्री वितरण 
बाँफिकोटका १ सय ४ जना बालबालिकालाई वर्षभरीलाई पुग्ने शैक्षिक सामग्री वितरण  दिन प्रतिदिन बढ्दै काेष ।
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, जेठ ५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका १ सय ४ जना बालबालिकालाई १ वर्षलाई पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिका भरीका विपन्न, जेहेन्दार, टुहुरा, संरक्षण विहिन, सहिद परिवारका बालबालिकाका लागि भन्दै स्थापना गरिएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट आज उक्त बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

यो कोषबाट वर्षेनी गाउँपालिका भरीका विद्यालयमा अध्यनरत कार्यविधिले तोके अनुसारका बालबालिकाहरुलाई वर्षभरीलाई पुग्ने शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ । चालु शैक्षिक सत्रका लागि १४ जना जेहेन्दार, ३२ जना टुहुरा, १२ जना सहिद परिवार र ४६ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको अक्षय कोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।

कापि, कलम, झोला, टिफिन बक्स, पोषक लगायतका १ वर्षलाई पुग्ने शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । वडा नम्बर ४ को विरेन्द्र माविमा आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका ३० वटा विद्यालयबाट छनौट भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यो वर्ष कोषको साँवाबाट संकलन भएको ब्याज ३ लाख ५० हजार मुल्य बराबरका सामग्री वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

345935169_774283461018595_4118135143035153200_n1684509088.jpg

देश तथा विदेशमा रहेका व्यक्तिहरुले आफ्ना आमा, बुवाको सम्झनामा सहयोग गरेको रकमबाट हालसम्म कुल ३३ लाख ४ हजार १५ बराबरको अक्षय कोष रहेको छ । यो कोष दिन प्रतिदिन बढ्दै गइरहेको छ । कोष संचालक समितिका अनुसार विभिन्न व्यक्तिहरुले स्वैच्छिक रुपमा कोषमा रकम जम्मा गरिरहेका छन् । आमा बुवाको सम्झनामा दिन प्रतिदिन कोषको रकम थपिदैं गएको छ । 

२०७८ सालदेखि कोषबाट छात्रवृत्ति वितरण सुरु गरिएको समितिले जनाएको छ । छात्रवृत्ति वितरण गरिएको यो तेस्रो पटक हो । अक्षयकोष संचालक समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा बाँफिकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:५४
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्