Top Navigation
आइतबार, असोज ७, २०८० ०४:४५:०१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:४५:०१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम उद्योग वाणिज्य संघले ८ वर्षपछि नेतृत्व पाउदै, १५ सदस्य निर्विरोध निर्वाचित 
रुकुम उद्योग वाणिज्य संघले ८ वर्षपछि नेतृत्व पाउदै, १५ सदस्य निर्विरोध निर्वाचित  पदाधिकारी चयनका लागि साेमबार पहिलाे बैठक डाकियाे ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, जेठ ६, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
नवनिर्वाचित सदस्यहरु ।

रुकुम उद्योग वाणिज्य संघको १४ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबारबाट मुसिकोटमा सुरु भएको साधारण सभा तथा अधिवेशन १५ सदस्य निर्विरोध निर्वाचित गर्दै आज सकिएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट १८ जना सदस्य निर्वाचित हुने व्यवस्था भएपनि भूगोलबाट ३ जनाको कम उम्मेदवारी परेपछि १५ सदस्य मात्र निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले बताउनुभयो । 

अव पहिलो बैठकबाट पदाधिकारी चयन हुने उहाँले बताउनुभयो ।  विधान अनुसार पहिलो चरणको निर्वाचन प्रक्रिया सकिएको र अव दोस्रो चरणको निर्वाचनबाट नेतृत्व चयन हुने उहाँको भनाई छ । आज निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिने छ । निर्वाचित हुने सदस्यहरुमा पलबहादुर खड्का, दलबहादुर खड्का, रविन्द्रकुमार बिष्ट, टंकलाल सन्यासी, अनिल बुढा र रमेश खड्का रहनुभएको छ ।

त्यस्तै रुपलाल बिष्ट, गोकर्ण मल्ल, कस्तुप नेपाली, तेजबहादुर बटाला, डम्बर केसी, नवराज बाँठा, धनबहादुर ओली, झगबिर सुनार र दयाराम खत्री पनि सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । पदाधिकारी चयन र बाँकी सदस्य मनोनयनका लागि पहिलो बैठक सोमबार बोलाइएको नव निर्वाचित सदस्य दलबहादुर खड्काले बताउनुभयो । 

उक्त बैठकले अध्यक्ष, १ जना बरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना सचिव र १ जना कोषाध्यक्ष चयन गर्ने खड्काले बताउनुभयो । त्यस्तै बाँकी सदस्य पनि मनोनित हुने छन् । यो संगै उद्योग वाणिज्य संघले लामो समयपछि निकास पाएको छ । आर्थिक अनियमिता भएको भन्दै लामो समय देखि उद्योग वाणिज्य संघ अन्यौलताको भूमरीमा फसेको थियो । 

यसको निकासका लागि पलबहादुर खड्काको संयोजकत्वमा कार्यसंचालन समिति बनाइएको थियो । उक्त समितिलाई तत्कालका लागि कार्यसंचालन गर्न र देखिएका समस्यालाई हल गरी ६ महिनाभित्र निर्वाचन गरेर नयाँ नेतृत्व चयन गर्ने कार्यादेश दिइएको थियो । तर उक्त समिति बनेको ३ वर्षपछि मात्र नयाँ नेतृत्व आउन लागेको छ । 

उद्योग वाणिज्य संघ रुकुम पश्चिम ८ वर्ष देखि नेतृत्व विहिन अवस्थामा थियो । २०७२ साल देखि नेतृत्व पाउन सकेको थिएन् । पटक पटक प्रयास गर्दा पनि नेतृत्व चयन हुन सकेको थिएन् । उद्योग वाणिज्य संघमा ठूलो आर्थिक हिनामिना भएको आरोप लाग्दै आएको छ । तर हालसम्म त्यसको कुनै कानुनि उपचार भने हुन सकेको छैन् । अव नयाँ नेतृत्वले त्यसलाई कसरी लिन्छ भन्ने चासो विषय बनेको छ । 


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १९:५०
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्