Top Navigation
आइतबार, असोज ७, २०८० ०३:१६:५५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:१६:५५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रेडियो सानोभेरी आफ्नै भवनबाट संचालन  
रेडियो सानोभेरी आफ्नै भवनबाट संचालन  
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, जेठ ७, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
रिवन काटेर नयाँ भवनबाट प्रशारण उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट संचालनमा रहेको रेडियो सानोभरी एफ.एम. १००.८ मेगाहर्ज आज देखि आफ्नै भवनबाट संचालनमा आएको छ । आज कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले नयाँ भवनबाट रेडियोको प्रशारण उद्घाटन गर्नुभयो । २०६४ साल चैत्र २५ गतेबाट संचालनमा आएको रेडियो आजका दिनसम्म भाडाको घरबाट संचालन हुँदै आएको थियो । 

सुरुमा मुसिकोट नगरपालिका वडा नम्बर १ को डाँग्रिचौरबाट संचालनमा आएको रेडियो केही समयपछि खलंगा बजारमा झरेको थियो । खलंगा बजारमा पनि दुई वटा भाडाको घरबाट संचालनमा आएको रेडियो स्थापनाको १५ वर्ष पुरा भएपछि आफ्नै घरबाट संचालनमा आएको हो । 

यसअघि संचालनमा रहेको ठाउँ नजिकै रेडियोको भवन बनेको छ । यसअघि संचालित घरभन्दा पश्चिमतिर कालिकास्थान देखि जिल्ला प्रशासन कार्यालय जाने बाटो नजिक निर्माण भएको भवनबाट रेडियो सानीभेरी संचालनमा आएको हो । भवन निर्माणाधिन अवस्थामा छ ।

तर दोस्रो तलामा स्टुडियो लगायतका संरचनाको काम सकेर रेडियो संचालन गरिएको रेडियोका प्रवन्धक ध्रुबविक्रम बुढाथोकीले जानकारी दिनुभयो । रेडियो स्थापना भएको लामो समयसम्म भाडाको घरबाट संचालन गरिएको र अव आफ्नै भवनबाट संचालन गर्दा सहज हुने विश्वास उहाँको छ । 

भवन निर्माणको काम अझै बाँकी रहेको उहाँले बताउनुभयो । ४ तलाको भवन बनेकामा अव तेस्रो र चौथो तला फिनिसिङको काम बाँकी रहेको बुढाथोकीले बताउनुभयो । भवन निर्माणमा अहिलेसम्म ढेड करोड बजेट खर्च भएको रेडियो संचालक समितिले जनाएको छ । जसमध्ये कर्णाली प्रदेश सरकारबाट २ पटक गरेर ९० लाख र बाँकी रकम रेडियो आँफैले व्यवस्थापन गरेर खर्च गरेको छ । 

आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ७० लाख, चालु आर्थिक वर्ष २०७९÷०८० को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा क का तत्कालिन प्रदेश सभा सदस्य रातो कामीको २० लाख र खानेपानी, सरसफाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमबाट ४ लाख ८ हजार बजेट आएको छ । 

नयाँ भवनबाट प्रशारण सुभारम्भ कार्यक्रमका अवसरमा रेडियो संचालक समितिले भवन निर्माणका लागि अझै रकम आवश्यक रहेको भन्दै सहयोगको अपिल गरेको छ । रेडियो संचालक समितिका अध्यक्ष गोविन्द रोकाको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । 


प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १७:०७
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्