
रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर ८ दुलीमा जिप दुर्घटना भएकाे छ । दुलीबाट खलंगा तर्फ आइरहेकाे स्थानीय दिपक बाँठाकाे जिप दुली टुरीधारामा आज बिहान दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ । प्रहरी टाेली घटनास्थलमा गएकाे र थप विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयाे ।
वडाध्यक्ष धनबहादुर केसीले घाइतेकाे उद्धार भइरहेकाे बताउनुभयाे । दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे र अर्का घाइतेकाे पनि मृत्यु भएकाे खबर सुनिएकाे तर पुष्टि हुन बाँकी रहेकाे उहाँले बचाउनुभयाे । त्यस्तै कति घाइते छन भनेर एकिन भइनसकेकाे उहाँकाे भनाइ छ ।
जिपमा १३, १४ जना यात्रु रहेकाे अनुमान गरिएकाे छ ।