Kakhara सबैको खबर सम्पूर्ण खबर
जिप दुर्घटनाका घाईते ४ जनालाई हेलिकाेप्टर मार्फत नेपालगञ्ज रिफर

बाँफिकोट गाउँपालिका वडा नम्वर ८ दुलीमा भएको जिप दुर्घटनामा गम्भिर घाईते भएका ४ जनालाई थप उपचारको लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाईएको छ । नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज पठाईएको हो । 

सानीभेरी गाउँपालिका–५ का ४६ वर्षिय प्रेम बाँठा, २२ वर्षिय ललित बाँठा मगर, २ वर्षिय प्रसिद्ध कुसारी र २० वर्षिया अनिता कुसारीलाई नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिनुभयो । 

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट खंलगा आउदै जिप आज विहान बाँफिकोट गाउँपालिका– ८ दुलीमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । ४ जना घाईतेहरुहको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update