Top Navigation
मंगलबार, असोज १६, २०८० १२:५५:५०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:५५:५०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • अन्तरपालिका बैठकः साझा समस्या मिलेर हल गर्ने सहमति
अन्तरपालिका बैठकः साझा समस्या मिलेर हल गर्ने सहमति
बलेन्द्र ओली
बलेन्द्र ओली आइतबार, जेठ १४, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ को हिमालय माध्यमिक विद्यालय नुवाकोट डाँडामा भएको अन्तरपालिका स्तरिय बैठकले पालिका भित्र रहेका साझा समस्यालाई मिलेर हल गर्ने निर्णय गरेको छ । शनिबार त्रिवेणी गाउँपालिका, चाैरजहारी र दार्माका विचमा भएकाे अन्तरपालिका स्तरिय बैठकले पालिका भित्र रहेका  विकास निमार्ण लगायत अन्य साझा  समस्यालाई मिलेर हल गर्ने सहमति भएको हो । अन्तरपालिका  बैठकले मुख्य ४ वटा निर्णयमा सहमति गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार झुल्नेटा, बागखोर, भेरीपोखरा, चोरबाटा नुवाकोटडाँडा हुँदै सानीभेरी गाउँपालिका वडा नम्बर ११ को सिम्लीको ग्रामिण सडक स्तराेन्नतीका लागि कर्णाली प्रदेश सरकारलाई बजेट माग गर्ने निर्णय भएको छ । त्यस्तै जलेखर्क, बागखोर, भेरिपोखरा, चोरबाटा, दुलाचौर, दार्माकोट हुँदै सिलिंगिसम्म जोड्ने ग्रामिण सडक स्तराेन्नती, त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाकोटडाँँडा, नाउली, साक्चाखोला हुँदै खोलागाउँ सम्मको सडक स्तराेन्नतिका लागि योजना माग गर्ने पनि निर्णय गरिएको उहाँले बताउनुभयाे ।

त्यस्तैे अन्तरपालिका स्तरिय सद्धभावलाई कायय राख्दै साझा रुपमा पहल गर्नुपर्ने विषयलाई आगामी दिनमा पनि साझा रुपमा हल गर्ने अन्तरपालिका स्तरिय बैठकले निर्णय गरेको छ । अन्तरपालिका  बैठकमा त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सल्यान जिल्लाको दार्मा गाउँपालिका विच साझा समस्या बारे छलफल भएको थियो । कार्य व्यस्तताका कारण सानीभेरी गाउँपालिकाकोे भने सहभागी नभएको र साझा समस्यामा मिलेर हल गर्ने प्रतिवद्धता जनाएकाे बताइएको छ । 

त्रिवेणी गाउँपालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको बैठकमा चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी, दार्मा गाउँपालिका सल्यानका ५ नम्बर वडा अध्यक्ष सुदिप केसी, त्रिवेणी गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती लगायत सरोकारवालाको उपस्थिथित रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्