Top Navigation
मंगलबार, असोज १६, २०८० १२:३३:३७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:३३:३७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्वमा गणतन्त्र दिवसको अवसरमा बजार सरसफाई
रुकुम पूर्वमा गणतन्त्र दिवसको अवसरमा बजार सरसफाई
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, जेठ १४, २०८०

भोलि सोमबार जेठ १५ गतेका दिन हुन गइरहेको १६ औँ गणतन्त्र दिवसको अवसर पारी रुकुमपूर्वमा आज आइतबार बजार सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति रुकुम पूर्वको आयोजनामा आइतबार बिहान सिस्ने गाउँपालिका-६ रुकुमकोट स्थित छिप्रिदह बजार क्षेत्रमा सरसफाई गरिएको हो । 


कैँचीमोड देखि सुरु गरिएको सरसफाई छिप्रिदह बजार हुँदै सोही वडाको लुस्पाधारा सम्म सरसफाई गरिएको निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीले बताउनुभयो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसिएको गणतन्त्र दिवस जिल्ला समारोह समितिको बैठकले गरेको निणर्य अनुसार आज बजार सरसफाई गरिएको बुढाक्षेत्रीले जानकारी । जिसस उपप्रमुख मोहनबहादुर केसीको संयोजकत्वमा बजार सरसफाई गरिएको छ । 


सरसफाई कार्यक्रममा जनप्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय व्यापारी लगायत गरी करिब दुई सय जनाको उपस्थिति रहेको थियो । ‘अहिले विभिन्न सरुवा रोग फोहोरका कारण सर्ने र रोगको संक्रमण हुने समय सुरु हुन थालेको छ । यसलाई मध्यनजर गरेर गणतन्त्र दिवसको अवसर पारी हामीले सिर्जनशिल कार्यक्रम गरेर मनाएका हौं’, बुढाक्षेत्रीले भन्नुभयो, ‘आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लगिनेछ ।’ 


दिवसको अवसरमा जिल्ला स्थित सरोकारवाला निकायले बजार क्षेत्र र घर आँगन नियमित सरसफाई गर्नु पर्छ भन्ने बानीको अभ्यास होस् भनी सरसफाईको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ‘एक दिन सरोकारवाला निकायले सरसफाई गरेर पुग्दैन’ बुढाक्षेत्रीले भन्नुभयो -‘सरसफाई स्वयम व्यापार व्यवसाय एवम् घरधनीले गर्नु पर्छ । यद्यपी फोहोर व्यवस्थापन भने सरकारले गर्नु पर्ने हुन्छ ।’ भोलि सोमबार गणतन्त्र दिवसका दिन रुकुमकोटमा गणतन्त्र दिवस जिल्ला समारोह समितिले बजार परिक्रमा सहित कोणसभा गरी १६ औँ गणतन्त्र दिवस मनाउने तयारी गरेको छ । 


सरसफाई कार्यक्रममा जिसस उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, निमित्त समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, स्थानीय व्यापार व्यवसायको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्