Top Navigation
आइतबार, असोज ७, २०८० ०४:३२:०४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:३२:०४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • शुद्ध पिउने पानी ‘रुकुमको’ बजारमा 
शुद्ध पिउने पानी ‘रुकुमको’ बजारमा 
बलेन्द्र ओली
बलेन्द्र ओली बुधबार, जेठ १७, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

कर्णाली वेभरेज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । आठबीसकोट नगरपालिका वडा नम्बर १२ डाब खेत झिनचौरमा रहेको कर्णाली वेभरेजले हिजो मगंलबारबाट  प्रशोधन गरेको शुद्ध पानी बजारमा पठाउन थालेको हो । नगरपालिको वडा नम्बर १० झारमारे लेकको मुहानबाट पानी ल्याएर प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालेको कर्णाली वेभरेज प्रालीका अध्यक्ष दलबहादुर शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो दिन स्थानीय बजार राडिज्युला र जाजरकोट जिल्लाको नलगााड नगरपालिकाको दल्ली र कालीमाटी बजारमा बिक्रि गरिएको हो । सुरुमा स्थानीय बजारमा पठाएपनि विस्तारै ‘रुकुमको’ ब्राण्ड रिम्ना, सल्लीबजार, दाङ, सुर्खेत, नेपालगञ्जसम्म पठाउने योजना रहेको अध्यक्ष शाहले बताउनुभयो । ८ घण्टामा १५ हजार लिटर पानी प्रशोधन गर्ने क्षमता छ । तर अहिले कम्पनीले दैनिक १० हजार लिटर पानी प्रशोधन गरिरहेको छ । 

पानी प्याकिङ गर्दा लाग्ने सामग्री पिफोम, मेक्सिल, विर्को, लेबल लगायतका सामान नेपालगञ्नबाट आइरहेको र बोतल भने वेभरेजमै निर्माण हुने गरेको छ । पानी प्रशोधनका लागि अहिले प्रत्यक्ष रुपमा २० जना स्थानीयले रोजगारी पाएको अध्यक्ष शाहीले बताउनुयभो ।

२०७५ सालमा स्थापना भएको वेभरेजले यस अघि नै फलफूलबाट वाईन बनाएर बिक्रि गर्दै आएको छ । यो वर्षबाट भने पानी प्रशोधन गरेर बजारमा पठाउन थालेको हो । पानी प्रशोधन गरेर विक्री गर्ने अनुमति २०७९ सालमा लिएको र एक वर्षमा सफल भएको अध्यक्ष शाहको भनाई छ । पानी बजारमा पठाउनका लागि वेभरेजको आफ्नै गाडी रहेको छ । 

हालसम्म पानी प्रशोधनका लागि २ करोड भन्दा बढी रकम खर्च भइसकेको वेभरेजले जनाएको छ । पानी प्रशोधन गर्ने मेसिन खरिद गर्दा १ करोड, भवन निर्माण गर्दा ५० लाख र अन्य खर्च तर्फ ३० लाख गरेर २ करोड भन्दा बढी रकम खर्च भएको अध्यक्ष शाहको भनाई छ । 

वेभरेजलाई तत्कालका लागि कोल्ड स्टोरको टहरा आवश्यक रहेको उहाँले बताउनुभयो । वेभरेजले किसानले उत्पादन गरेका फलफूल एकमुस्ट रुपमा खरिद गर्दै आएको छ । कोल्ड स्टोरको व्यवस्था भएमा किसानले उत्पादन गरेका सुन्तला, किबी लगायत अन्य फलफूल भण्डारण गर्न सहज हुने प्रालिले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:२७
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्