Kakhara सबैको खबर सम्पूर्ण खबर
काँक्रिमा आयोजित शिविरबाट २ सय जनाले सेवा लिए 
शिविरमा सेवा लिन आएकाहरु ।

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ मा अवस्थित काँक्री स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ । बुधबार आयोजित शिविरबाट २ सय जनाले सेवा लिएका छन । डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसनको सहयोगमा शिविर संचालन गरिएको हो । 

शिविरबाट गाउँपालिकावासीले क्यान्सर, नाक, कान, घाँटी, स्त्री रोग, हाड जोर्नी तथा नसा रोग र जेनरल सेवा पाएको बताइएको छ । शिविरमा निःशुल्क चेकजाँचका साथै औषधी पनि निःशुल्क रुपमा वितरण गरिएको थियो । केहीलाई खोप र हाड भाँचिएको ठाँउमा प्लास्टर पनि निःशुल्क रुपमा गरिएको काँक्रि स्वास्थ्य चौकीले जनाएको छ । त्यस्तै २ जनाले भने खोप किन्नु परेको थियो । 

त्यस्तै शिविरबाट सादा एक्सरे, भिडियो एक्सरे र ल्याव सेवा पनि स्वास्थ्य चौकीले निःशुल्क रुपमा प्रवाह गरेको थियो । शिविर उपलब्धि मुलक र फाइदा जनक भएको भन्दै गाउँपालिकावासीले आयोजक र काँक्रि स्वास्थ्य चौकीलाई धन्यवाद दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update