चौरजहारीमा एक व्यक्ती मृत फेला

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ४ माझँगाउका ६० वर्षीय भूपेन्द्र बुढाथोकी मृत फेला पर्नु भएको । आज दिउँसो सोही नगरपालिकाको वडा नम्बर २ र ४ को सिमाना पर्ने कालाखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बुढाथोकी घर देखि करिब एक घण्टाको टाढाको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खडकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शव नहरमा फेला परेकाले नहरमा लडेर मृत्यु भएको हुने सक्ने अनुमान गरिएको छ । शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भने सुरु गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १९:२१
प्रतिक्रिया दिनुहोस्