Kakhara सबैको खबर सम्पूर्ण खबर
यी हुन सप्तमीको दिन पूजा गरिने नवपत्रिकाहरु

नवपत्रिका पूजन विधि: विशेषतः दुर्गा भवानीको नौवटा रूपको पूजा गर्दै मनाइन्छ। यसरी नवदुर्गाको पूजा मनाइँदै गर्दा नवदुर्गाका नौ सहायक देवीको पनि पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार नवपत्रिकामार्फत् नवदुर्गाका यी सहायक देवीलाई भित्र्याइन्छ। घरघरमा भित्र्याइने फूलपातीमा नौवटा बोट, फूल र पालुवा रहेका हुन्छन् । घटस्थापनाका दिन पूजा गरिने दसैंघरमा नै वैदिक विधिबमोजिम फूलपाती भित्र्याइने चलन छ। आश्विन शुक्ल सप्तमीको अपराह्नमा दुर्गापूजाको अंगका रूपमा नवपत्रिका-प्रवेशको काम हुन्छ। यसलाई फूलपाती भन्ने चलन छ। नौ वटा बोटहरूलाई एकै मुठा पारी बाँध्ने र दशैं घरको दैलामा राखेर चोखो पार्ने । उपयुक्त समयमा डमरु, शङ्ख, घण्ट बजाउँदै फुलपातीलाई दशैंघरको पूजाकक्षमा राखी पुनः पुष्पाक्षतले पूजा गर्ने प्रचलन छ । आफ्नै घर करेसामा पाईने नौ प्रकारका वनस्पतिलाई नव पत्रिकको नामले प्रयोग गरिन्छ, र हरेकमा एक -एक देवी आह्वान गरिन्छ । यिनलाई भगवतीक‍ो आसनका रूपमा लिन सकिन्छ भने यी औषधि पनि हुन। यस प्रकार छन्ःती

कदली दाडिमी धान्या हरिद्रा मानकं कचुः । बिल्वाशोकौ जयन्ती च विज्ञेया नवपत्रिका ।।

१ कदली (केरा)– पूजामण्डप सजाउनका लागि केराका बोटको प्रयोग जताततै गरेको पाइन्छ। नवपत्रिकाका सन्दर्भमा केरा ‘ब्राह्मी’को प्रतीक मानिन्छ। केराको बुटो अथवा केराको पातलाई ब्राह्मणीको रूपमा पूजा गरिन्छ।

२ कचु( सामो)–दुर्गापूजास्थलमा कचुर राख्नाले कालिका देवीको कृपा प्राप्त हुन्छ भनिएको छ। नवपत्रिकाका सन्दर्भमा यो ‘कालिका’को प्रतीक मानिन्छ। कचुले कालीका माताको प्रतिनिधित्व गर्दछ।

३ बेसार –चर्मरोग र घाउखटिरामा समेत यसको उपयोग हुन्छ। यो सौन्दर्यका रूपमा पनि उपयोग हुने वनस्पति हो। पूजास्थलमा बेसारको बोट राख्नाले सबै विघ्न विनाश हुन्छन् भन्ने मान्यता राखिन्छ। नवपत्रिकाका सन्दर्भमा बेसारले दुर्गामाताको प्रतिनिधित्व गर्दछ।

४ जयन्ती –जयन्तीले  कार्त्तिकीको प्रतिनिधित्व गर्दछ।जयन्ती ‘कार्तिकी’को प्रतीक मानिन्छ। दुर्गापूजामा जयन्ती राख्नाले देवी कार्तिकीको कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। 

५ बेलपत्र – औषधीय गुणले युक्त बेल पूजास्थलमा राख्नाले भगवती दुर्गा र भगवान् शिवको कृपा प्राप्त हुन्छ भन्ने मान्यता छ। दुर्गापूजामा बेलपत्रले देवी ‘शिवा’को प्रतिनिधित्व गर्छ। 

६ दाडिम(अनार)– अनारको पत्र अर्पण गर्नाले माता रक्तदन्तिकाको आशीर्वाद प्राप्त हुन्छ र शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। अनारले रक्तदंतिकाको प्रतिनिधित्व गर्छ ।

७ अशोक –  पूजास्थलमा अशोक राख्नाले शोक पर्दैन भन्ने मान्यता छ। नवपत्रिकाको अशोकले देवी ‘शोकहारिणी’को प्रतिनिधित्व गर्छ। शोकको विनाश गर्ने गर्दछ। चिन्तालाई कम गर्छ।

८ उखु –उखुले चामुण्डा देवी को प्रतिनिधित्व गर्दछ।

९ धान – धान लक्ष्मी को प्रतिनिधित्व गर्छ र धनहानि वृद्धि को लागि जानको माया गरिन्छ।

उत्तरबाट दक्षिणतिर राख्ने र पुष्पाक्षतले पूजा गर्ने :

१. केरा बोट (खामो) : ॐ ब्रह्मणे नमः कदल्यै नमः ।

२. दाडिम : ॐ रक्तदन्तिकायै नमः दाडिम्यै नमः ।

३. धानको बोट : ॐ लक्ष्म्यै नमः धान्यै नमः ।

४. वेसारको बोट : ॐ दुर्गायै नमः हरिद्रायै नमः ।

५. मानक (उखु)को बोट : ॐ चामुण्डायै नमः इक्षुदण्डये नमः ।

६. कचु (सामो)को बोट : ॐ कालिकायै नमः कचये नमः।

७. बेलको हाँगो : ॐ शिवायै नमः बील्बायै नमः ।

८. अशोकको हाँगो : ॐ शोकहारिण्यै नमः अशोकाय नमः ।

९. जयन्तिको फुल : ॐ कार्तिक्यै नमः जयन्त्यै नमः ।

प्रार्थना गर्ने मन्त्र यस्तो छ– पत्रिके नवदुर्गे त्वं महादेवमनोरमे । पूजां समस्तां सङ्गृह्य रक्ष मां त्रिदशेश्वरि पुत्रायुर्धनवृद्ध्यर्थं नेष्यामि चण्डिकालये । बिल्वशाखां समाश्रित्य राज्यं लक्ष्मीं प्रयच्छ मे ।। आगच्छ चण्डिके देवि सर्वकल्याणहेतवे । पूजां गृहाण सुमुखि नमस्ते शङ्करप्रिये ।।।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update