Kakhara सबैको खबर सम्पूर्ण खबर
मुख्यमन्त्री कप क्रिकेट: आज रुकुम पश्चिम र जाजरकोट तथा दैलेख र कालिकोट खेल्ने 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी मुख्यमन्त्री कप टी–२० क्रिकेटमा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा रुकुम पश्चिम र जाजरकोटले अहिले बिहान ८ बजे खेल्दै छन् । जाजरकोटले हिजो भएको पहिलो खेलमा कालिकाेटलाई पराजित गरेको थियो भने रुकुम पश्चिम र दैलेख बिच हुने तय भएको प्रतियोगिताको उद्घाटन खेल वर्षाका कारण रद्द हुँदा दुवै टिमले अङ्क बाँडेका थिए ।

समूह ए मा रहेको जाजरकोटको २ अङ्क छ भने रुकुम पश्चिमको १ अङ्क रहेको छ । यो समूहमा रहेको कालिकोटले अङ्क जोड्न सकेको छैन । यस्तै आजको दोस्रो खेलमा समूह ए कै दैलेख र कालिकोट भिड्ने छन् । यो खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिता वीरेन्द्रनगरको कालिन्चोक क्रिकेट मैदानमा भइरहेको छ । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाको सहभागिता रहेको छ । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख १० हजार पुरस्कार पाउँदा उप विजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update