Kakhara सबैको खबर सम्पूर्ण खबर
सुर्खेतका रवीन्द्र मुख्यमन्त्री कप क्रिकेटको सर्वोत्कृष्ट, अरू को के भए ?
प्लेयर अफ द सिरिजकाे पुरस्कार ग्रहण गर्दै रवीन्द्र ।

सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री कप टी–२० क्रिकेटको सर्वोत्कृष्ट खेलाडी सुर्खेतका रवीन्द्रजंग शाही घोषित भएका छन् । उनले सुर्खेतलाई प्रतियोगिताको च्याम्पियन बनाउन ब्याटिङ र बलिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरे । शुक्रवार भएको फाइनलमा रुकुम पश्चिमलाई पराजित गर्न पनि उनले ब्याटिङ तर्फ २९ र बलिङ तर्फ २ विकेट लिँदै उत्कृष्ट अलराउन्डरकाे भूमिका निभाएका थिए ।

त्यस्तै प्रतियोगिताको वेस्ट ब्याटर रुकुम पश्चिमका अरविन्द घर्ती बने । उनले प्रतियोगिता भर १ सय ३ रन प्रहार गरेका थिए । वेस्ट बलर भने सल्यानका विक्रम रोका घोषित भए । उनीहरू तीनै जनाले ट्रफि, मेडल र प्रमाण पत्र सहित समान नगद ५ हजार प्राप्त गरेको आयोजक कर्णाली प्रादेशिक क्रिकेट सङ्घका सचिव श्रीधर केसीले जानकारी दिनुभयो । 

प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ । बिहीबार भएको फाइनलमा रुकुम पश्चिम १४ रनले पराजित भयो । विजेता सुर्खेतले ट्रफि सहित १ लाख १ हजार नगद पुरस्कार हात पारेको छ । उप विजेता रुकुम पश्चिमले भने ट्रफि र नगद ५१ हजारमा चित्त बुझाएको छ ।

Arvind-1719467340.jpg
वेस्ट ब्याटर अरविन्द घर्ती ।
Bikram-1719582921.jpg
वेस्ट बलर बिक्रम राेका ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update