रुकुमेली समाज विकास केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न साझेदारी निकायहरुको सहयोगमा विभिन्न परियोजना मार्फत ८६ हजार ५ सय ६३ जनालाई सेवा प्रवाह गरेको छ । रुकुम पश्चिमका छवटा पालिका, रुकुम पूर्वका ३ वटा पालिका र जाजरकोट जिल्लाका २ वटा पालिका गरेर ३ जिल्लाका ८६ हजार ५ सय ६३ जनालाई सेवा प्रवाह गरेको हो । रुकुमेली विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रीयालले संस्थाको १९ औँ साधारण सभा तथा ८ औँ अधिवेशनमा संस्थाले गरेका गतिविधि तथा प्रगतिको बारेमा जानकारी बनाउनुभएको थियो ।
उहाँका अनुसार संस्थाले विभिन्न साझेदारी निकायहरुको सहयोगमा विभिन्न जिल्लामा काम गरिरहेको छ । हाल संस्था मार्फत सुहारा कार्यक्रम, स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सुढृढिकरण, भूकम्प प्राभावित जाजरकोट र रुकुम पश्चिममा बालबालिकाको लागि सिकाई निरन्तरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा बालबालिकाहरुको लागि शिक्षा प्रतिकार्य निरन्तरता कार्यक्रम, भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन वास प्रतिकार्य कार्यक्रम र रुकुम पश्चिममा वास रिकभरी परियोजना संचालनको लागि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
तिन जिल्लामा सञ्चालन भएका परियोजनमा मार्फत पोषण, मातृ तथा नवशिशु स्वास्थ्य, शिक्षा र वासको क्षेत्रमा कार्यक्रम गरिरहेको संस्थाले जानकारी बनाएको हो । साझेदारी संस्थाको रुपमा वान हार्ट वर्ल्ड वाइड, युएसएआइडी, युनिसेफ नेपालले सहयोग गरेका छन् । संस्थाले सञ्चालन गरेको सुहारा कार्यक्रमले महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस कार्यक्रमको लागि १३ लाख ८२ हजार ४ सय ४९ बजेट खर्च भएको छ । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुढृढिकरण परियोजना रुकुम पश्चिमका छवटै पालिकामा संचालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस कार्यक्रमबाट पालिकाको विभिन्न ठाउँमा प्रशुती सेवा केन्द्र भनव निर्माण गरिएको छ । जसमा ८५ लाख ७३ हजार ८ सय ३ रुपैयाँ बजेट खर्च भएको छ । त्यस्तै रुकुम पश्चिम र जाजरकोट जिल्लाका भूकम्प प्रभावित बालबालिकाहरुको लागि सिकाइ निरन्तरता कार्यक्रममा ३६ लाख ३९ हजार ७ सय ९४ रुपैयाँ, रुकुम पश्चिम र जाजरकोट जिल्लाका भूकम्प प्रभावित बालबालिकाहरुको लागि शिक्षा प्रतिकार्य निरन्तरतता कार्यक्रममा २३ लाख ६५ हजार १ सय १३ रुपैयाँ बजेट खर्च भएको छ । जसमा १ करोड ६१ लाख २३ हजार ६ सय ८७ रुपैया खर्च हुन बाँकी रहेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा आपतकालिन वास प्रतिकार्य कार्यक्रममा ९५ लाख ५२ हजार २९ रुपैयाँ खर्च हुँदा रुकुम पश्चिममा वास रिकभरी परियोजना संचालनको लागि प्राविधिक सहयोग कार्यक्रममा १५ लाख २३ हजार १ सय ३६ खर्च भएकामा ४ करोड ५७ लाख ५२ हजार २ सय ६४ बजेट खर्च हुन बाँकी रहेको जानकारी बनाएको हो । संस्थाले साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट योगदान गरेका कर्मचारीलाई समेत सम्मान पत्रले सम्मान गरेको छ ।
रुकुमेली विकास केन्द्रको १९ औँ साधारण सभामा प्रमुख अतिथि मुसिकोट नगर प्रमुख महेद्र केसीले संस्थाले स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा ठुलो सहयोग पुर्याएको बताउनुयभो । स्थानीय सरकार एक्लैले सबै सम्भव हुने भएकाले संघसंस्थाहरुको पनि सहयोग चाहिने उहाँले बताउनुभयो । स्थानीय सरकार पुग्न नसकेको अवस्थामा संस्था पुगेर त्यहाँका स्थानीयलाई सेवा प्रवाह गरेर स्थानीय सरकारलाई मदत पुर्याएको नगर प्रमुख केसीको भनाई थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले संघसंस्थाले आपतविपत्मा ठुलो सहयोग गरेको उल्लेख गर्नुभयो । सामाजिक संघसंस्थाले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले समाज परिवर्तन गर्ने खालका कार्यलाई निरन्तता दिनुपर्ने उहाँको भनाई थियो ।
रुकुमेली विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्सालको अध्यक्षता भएको कार्यक्रममा मुसिकोट नगर प्रमुमख केसीको प्रमुख आथिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी पन्तको विषेश आतिथ्यता रहेको थियो । भने अन्य अतिथिहरुमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज पोखरेल, शसस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, अन्य गैर सरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो ।