निर्वाचन दिवसका अवसरमा मुसिकाेटमा सरसफाइ

रुकुम पश्चिमको एकीकृत सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । निर्वाचन दिवस तथा प्रजातन्त्र दिवसका अवसरमा सरसफाइ गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय र नापी कार्यालयमा कार्यरत कर्मचारीहरूले सरसफाइ गरेका हुन् । कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यसअघि रूकुम पूर्व हुन गएकाेले सच्याइएकाे छ । यसबाट पाठकवर्गमा पर्न गएकाे असुविधाप्रति क्षमाप्रार्थी छाैँ- सम्पादक ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ १७:००
प्रतिक्रिया दिनुहोस्