
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा रहेको त्रिवेणी माध्यमिक विद्यालयमा एकै साथ दुई वटा भवन निर्माणको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको असारमसान्त भित्र भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम धमाधम भइरहेका हुन् । दुई कोठे एउटा भनव त्रिवेणी गाउँपालिको आर्थिक सहयोगमा निर्माण हुँदै छ भने अर्को दुई कोठे भवन पुर्वाधार विकास कार्यालय चौरजहारी मार्फत ठेक्का प्रक्रियाबाट निर्माणको काम भइरेको छ ।
पालिकाले दुईकाेठे भवन निर्माणको लागि २५ लाख बजेट विनियोजन गरेको छ भने पुर्वाधार विकास कार्यालयबाट ६० लाख रुपैयाँमा ठेक्का प्रक्रियाबाट काम भइरहेको छ । पालिकाले बजेट विनियोजन गरेको दुई कोठे भवनको करिव ७५ प्रतिशत काम भइसकेको त्रिवेणी गाउँपालिका प्राविधिक महेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको भवन निर्माणमा कुनै लापरवाही नहोस भनेर बेला बेला अनुगमन गर्ने गरिएकाे छ । पालिकाबाट निर्माण भइरहेको भवनको करिव ७५ प्रतिशत काम सकिएकाले अव रङरोगन र प्लास्टरको काम गर्न बाँकी छ ।
पुर्वाधार विकास कार्यालय मार्फत निर्माण भइरहेको विद्यालय भवनको काम भने सुस्त देखिएको छ । पालिकाबाट निर्माण भइरहेको भवनको निर्माणको जिम्मा विद्यालय व्यवस्थापन समिति र पुर्वाधार विकास कार्यालय मार्फत निर्माण भइरहेको भवनको ठेक्का शाईकुमारी इन्जिनियर कन्सलटेन्सि आठविसकोटले जिम्मा पाएकाे छ । दुई वटै भवन निर्माणको काम असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ । त्रिवेणी मावि सिम्रुतुमा कच्ची भवन विस्थापित गरेर पक्की भवन निर्माणलाई तिव्रता दिएको छ । यहाँ कक्षा १ देखि कक्षा १२ सम्म पठनपान भईरहेकाे छ ।