Kakhara सबैको खबर सम्पूर्ण खबर
महोत्सवका लागि रुकुम पुगेकी गायिका रचना बिरामी: हेलिकोप्टर मार्फत उद्धार

महोत्सवका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल बिरामी परेपछि काठमाडौँ लगिएको छ । रिमाल जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापुमा जारी महोत्सवमा प्रस्तुतिका लागि पुग्नुभएको थियो । तर आज बिहान २ बजेबाट रिमालको स्वास्थ्य अवस्था खराब भएपछि उपचारका लागि जिल्लाको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालमा लगिएको थियो ।

थप उपचारका लागि बाहिर लैजानुपर्ने भएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको र त्यहाँबाट विमान मार्फत काठमाडौँ पठाइएको महोत्सव व्यवस्थापक डिल्ली परियारले जानकारी दिनुभयो । रिमाललाई एपेन्डिसाइटिसको समस्या देखिएको र चौरजहारीमा उपचार सम्भव नहुने भएपछि हेलिकोप्टर मार्फत उद्धार गरेर नेपालगन्ज लगिएकोमा त्यहाँबाट नियमित विमान मार्फत काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

रिमालले आज महोत्सवमा प्रस्तुति राख्ने कार्यक्रम रहेको थियो । महोत्सवका लागि रिमाल गाडी मार्फत हिजो रुकुम पश्चिम पुग्नुभएको थियो ।  

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update