Kakhara सबैको खबर सम्पूर्ण खबर
एक आर्थिक वर्षः रुकुम पश्चिममा जवरजस्ती करणीमा १२ मुद्धा
जिल्ला प्रहरी कार्यालय भवन ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा जवरजस्ती करणीका १२ वटा मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १३ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएकामा वितेको आर्थिक वर्षमा १ वटाले कमी आएर १२ वटा मुद्धा दर्ता भएका हुन् । दर्ता भएका ती मुद्धाहरुको अनुसन्धान गरेर अदालति प्रक्रिया मार्फत अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गत आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्धामा ७, र लागु औषध  सम्बन्धीका ११ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय  प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कर्तव्य ज्यान मुद्धाका ७ वटा र लागू औषध मुद्धामा कुनै पनि  मुद्धा परेको थिएन । त्यस्तै गम्भीर  प्रकृतिका मुद्धा तर्फ वितेको आर्थिक वर्षमा ज्यान मार्ने उद्योग तर्फ ६, जवरजस्ती करणी उद्योगका ७, सवारी ज्यानका ७, बैंकिङ कसुरका ३४ र हातहतियार खरखजना तर्फ १ गरेर ८५ मुद्धा दर्ता भएको प्रहरी प्रमुख डिएपी विष्टले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यि शिर्षकमा ६३ मुद्धा दर्ता भएका थिए । गत आर्थिक वर्षमा २२ वटा बढी मुद्धा दर्ता भएर ८५ पुगेका छन् । यी दर्ता भएका मुद्धाहरुको  प्रहरी अनुसन्धान सकाएर अदालति प्रक्रिया मार्फत अगाडी बढाएको  जिल्ला प्रहरी  कार्यालय रुकुम पश्मिमले जनाएकाे छ । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update