Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ, अढाई सय प्रहरी परिचालन 

रुकुम पश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालीहरूका महान् चाड दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर सामान्य अवस्थाको तुलनामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ भने नेपाल प्रहरीले आफ्नै सुरक्षा योजना अनुसार पनि काम गरिरहेको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार जिल्लामा चाडपर्वलाई लक्षित गरेर प्रहरी गस्ती, सवारी जाँच, मोबाइल टोली परिचालनका साथै सप्र्राइज चेकिङ बढाइएको छ । त्यस्तै सेना, प्रहरी र सशस्त्रको संयुक्त पेट्रोलिङ समेत भइरहेको उहाँले बताउनुभयो । 

प्रहरी मात्र २ सय ५० को हाराहारीमा परिचालन गरिएको डिएसपी विष्टले बताउनुभयो । जिल्ला सदरमुकाम सहित जिल्लाका मुख्य व्यापारिक केन्द्र सहित प्रहरी चौकी रहेका स्थानसम्मै सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । आलोपालो प्रणालीमा सबै प्रहरीलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै यात्रुहरूको सहजताका लागि जिल्ला सदरमुकाम सहित १० ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्ष मार्फत समस्यामा परेका यात्रुहरूलाई सहायता प्रदान भइरहेको बताइएको छ । 

सवारी साधन सम्बन्धी सूचना, अप्ठेरोमा परेका यात्रुलाई सहजीकरण तथा यात्रु सुरक्षाका लागि उक्त कक्षबाट काम भइरहेको प्रहरीले जनाएको छ । यसैबिच तत्काल हुन सक्ने सुरक्षा जोखिम तथा विपत् प्रतिकार्यका लाग रिजर्भ टोली समेत तयारी अवस्थामा राखिएको डिएसपी विष्टले बताउनुभयो । 

उहाँका अनुसार कतै बाटो अवरुद्ध भयो वा अन्य कुनै विपत्का घटना भए र शान्ति सुरक्षामा खलल पु¥याउने घटना भएमा उक्त टोली परिचालन हुने छ । चाडपर्वमा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिहरू बढी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै योजना बनाएर अघि बढेको उहाँको भनाई छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update