Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने ४ दादिङमा दोस्रो वडा कप हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा दोस्रो वडा कप हुने भएको छ । विजया दशमीको अवसरमा ४ नम्बर वडा कार्यालयको समन्वय तथा दोस्रो वडा कप सञ्चालक समितिको आयोजनामा यही असोज १८ गतेदेखि विविध खेलकुद प्रतियोगिता  तथा सांस्कृतिक कार्यक्रम हुन लागेका छन् ।

वडा कप अन्तर्गत खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र गर्नेछ  । दोस्रो हुने टिमले नगद ७१ हजार एक सय ११ रुपैयाँ तथा तेस्रो हुने टिमले नगद ४१ हजार एक सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने वडा कप सञ्चालक समितिले जानकारी दिएको छ । 

आयोजकका अनुसार  सान्त्वना हुने टिमले नगद १५ हजार एक सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । महिला भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टिमले नगद ३१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा, दोस्रो हुने टिमले नगद २१ हजार एक सय ११ र तेस्रो हुने टिमले नगद ११ हजार एक सय ११ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त  गर्दा गर्ने सान्त्वना हुने हुने टिमले नगद तीन हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने  खेल संयोजक सुरेश घर्तीले जानकारी दिनुभयो । 

खेल संयोजक घर्तीका अनुसार खुला वडा स्तरीय पुरुष बिच भलिबल,  खुला वडा स्तरीय १६ वर्ष  मुनिका किशोरहरूको भलिबल तथा ४ नम्बर वडा भित्रको ३५ वर्ष उमेर माथिको पुरुषहरूको भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ  । त्यसै  खुला महिला पुरुष रस्साकस्सी, भाले तान्ने, घैँटो फोर  प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ  । प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा स्थान प्राप्त गर्ने  सबैलाई  पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update