Kakhara सबैको खबर सम्पूर्ण खबर
शेरिगाउँमा दोस्रो बुद्धिराज स्मृति कप खुला पुरुष डबल ब्याडमिन्टन हुने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा दोस्रो बुद्धिराज स्मृति कप खुला पुरुष डबल ब्याडमिन्टन हुने भएको छ । स्वर्गीय बुद्धिराज गौतमको स्मृतिमा असोज २५ गते देखि प्रतियोगिता हुने भएको हो । 

स्वर्गीय बुद्धिराजका छोराहरू दिनेश, अशोक, महेन्द्र तथा गौतम परिवारको समन्वयमा मुसिकोट युवा क्लब मुसिकोट नगरपालिका ५ शेरिगाउँको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेता जोडीले नगद २५ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । 

उप विजेता जोडीले नगद १८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई जोडीले समान ८ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । असोज २४ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिने र दर्ता शुल्क १ हजार तोकिएको आयोजकको भनाई छ । 

स्वर्गीय बुद्धिराजको स्मृतिमा गत वर्षबाट प्रतियोगिता आयोजना हुन सुरु गरेको हो ।

badminton-1759743268.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update