Kakhara सबैको खबर सम्पूर्ण खबर
शेरिगाउँमा दोस्रो बुद्धिराज स्मृति कप खुला पुरुष डबल ब्याडमिन्टन सुरु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा दोस्रो बुद्धिराज स्मृति कप खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका पूर्व नगर प्रमुख देवीलाल गौतम र वडा नम्बर ५ का अध्यक्ष समीर जङ्ग मल्लले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । 

प्रतियोगितामा २४ जोडीको सहभागिता रहेको छ । स्वर्गीय बुद्धिराज गौतमको स्मृतिमा छोराहरू दिनेश, अशोक, महेन्द्र तथा गौतम परिवारको समन्वयमा मुसिकोट युवा क्लब मुसिकोट नगरपालिका ५ शेरिगाउँले प्रतियोगिता आयोजना गरेको हो । 

उद्घाटन कार्यक्रम स्वर्गीय बुद्धिराजका छोरा महेन्द्र गौतमको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन जिल्ला ब्याडमिन्टन संघका सचिव विशाल विष्टले गर्नुभएको थियो ।

प्रतियोगिताको विजेता जोडीले नगद २५ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उप विजेता जोडीले नगद १८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई जोडीले समान ८ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता पर्सिसम्म सञ्चालन हुने बताइएको छ । 

स्वर्गीय बुद्धिराजको स्मृतिमा गत वर्षबाट प्रतियोगिता आयोजना हुन सुरु गरेको हो ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update