Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा खुला कविता प्रतियोगिता हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वडा स्तरीय खुला कविता प्रतियोगिता हुने भएको छ । त्रिवेणी प्रज्ञा प्रतिष्ठानको आयोजनामा ११६ औँ लक्ष्मी जयन्तीको अवसरमा खुला वडा स्तरीय कविता प्रतियोगिता आयोजना गरिएको हो । कविता प्रतियोगिता कार्यक्रम कार्तिक ३ गते त्रिवेणी गाउँपालिकाको सभाहल खारानेटामा आयोजना  गरिएको त्रिवेणी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । 

सहभागीहरूलाई आयोजकले असोज मसान्तसम्म प्रतिष्ठानको कार्यालय त्रिवेणी गाउँपालिकाको कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध गरेको छ । प्रतियोगीहरूले कविता लेखनको कार्य स्थलगत रुपमा गर्नुपर्ने र कविताको शीर्षक र समय कविता प्रतियोगीहरूलाई लेखन स्थलमा बसालेर मात्रै जानकारी गराइने  आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद ३० हजारसहित प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई नगद २५ हजार सहिद प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्नेलाई नगद २० हजार सहित प्रमाणपत्र पत्रको व्यवस्था गरिएको छ । त्यस्तै सान्त्वना हुने दुई जनालाई नगद १५/१५  हजार पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको गरिएको छ । सहभागीलाई यातायात खर्चको समेत व्यवस्था गरेको त्रिवेणी प्रज्ञा प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update