कविताः मेरो रोगको कारण तिमी नै हौ र उपचार पनि
तिम्रा हातले
मेरो इतिहास लेखिरह्यो
मैले पनि सुनाइरहेँ
पत्तो नै भएन
कति बताउन सकेँ सकेँन
बिरामी हुँदाको सबै लेख्यौ होला
सोध्न सकिनँ
हेर्न मन थियो
बिरामीको खास कारण
के थियो
सबै टिप्यौ होला तिमीले
सायद मेरो निद्रा हराएको रात पनि
तिम्रो 'कार्डेक्स' मा समेटियो कि नाइँ
खैर
बचाउने तिम्रो कर्तव्य हो
म बुझ्छु
तर
तिम्रो प्रेस्क्रिप्सन ले जति
यो शरीर बाँच्छ,
उति नै मेरो मन
भित्रभित्रै पोलिरहन्छ ।
थाहा छ किन प्रिय ?
तिम्रा CT scan, X-ray, MRI ले
फोक्सोको दाग देखाउँछ,
हड्डीको भाँचिएको भाग देखाउँछ,
तर…
तिमीबाट टाढिँदै गएको
मेरो मनको पीडा
कहिल्यै देखाउँदैन ।
र सबैभन्दा ठुलो विडम्बना
मेरो रोगको कारण पनि
सायद तिमी नै हौ,
र उपचार पनि ।
कविः सार्थक लाेक
हालः जाजरकाेट, थलह ।
प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३ १७:४८
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)