सल्लेमा तिहारको अवसरमा ब्याडमिन्टन खेल सञ्चालन

तिहारको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा ब्याडमिन्टन खेल सञ्चालन गरिएको छ । सल्ले यूथ क्लबको आयोजनामा तिहारको अवसर पारी ब्याडमिन्टन र ५० वर्ष माथिका नागरिकहरूका लागि कुर्सी रेस खेल सञ्चालनका साथै सामूहिक मिलन कार्यक्रम भएको हो । 

सरस्वती मावि सल्लेमा भएको ब्याडमिन्टनमा १६ जोडिले भाग लिएका थिए । जसमा विष्णु रेउले र महेन्द्र पुनको जोडी प्रथम भएको छ । फाइनलमा पराजित दिलीप बिसी र हेमराज बोहराको जोडी द्वितीय बनेको छ । प्रथम र द्वितीय जोडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रथम जोडीले ट्रफि समेत प्राप्त गरेका थिए । 

त्यस्तै ५० वर्ष माथिका नागरिकहरूका लागि सञ्चालन गरिएको कुर्सी रेसमा डम्बर बोहरा प्रथम भएको आयोजक सल्ले यूथ क्लबले जनाएको छ । तिहारको अवसरमा सामूहिक मिलन होस, शुभकामना आदान प्रदान गर्न तथा रमाइलोका लागि कार्यक्रमको आयोजना गरिएको बताइएको छ । सामूहिक भोज समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update