नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकरणपछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा १३८ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा सूची पेस भएको छ ।
उक्त दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रस्तावित हुनुहुन्छ । केन्द्रीय समितिमा रुकुम पश्चिमको प्रतिनिधित्व भने शून्य देखिएको छ । न माओवादीबाट कोही समेटिए न नेकपा एकीकृत समाजवादीबाट कोही परेका छन् ।
एकतामा जानु अघिको माओवादी केन्द्रमा रुकुम पश्चिमबाट २३ जना केन्द्रीय सदस्य रहेका थिए । जसमा जनार्दन शर्मा प्रभाकर केन्द्रीय उपमहासचिव समेत हुनुहुन्थ्यो । तर एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गर्नुभएको छ ।
जनार्दनले प्रचण्डलाई साथ नदिएपछि रुकुम पश्चिमको राजनीतिमा हलचल आएको छ । २३ जना केन्द्रीय सदस्यमा अधिकांश प्रचण्डको पक्षमा खुलेका छन् भने केहीले जनार्दनलाई साथ दिएका छन् । लामो समय रुकुम पश्चिमको नेतृत्व गरिरहनुभएका शर्माले प्रचण्डको साथ छाडेपछि नयाँ प्रस्तावित पार्टीमा रुकुम पश्चिमको प्रतिनिधित्व शून्य भएको हो ।
अहिलेसम्म माओवादी केन्द्रमा रुकुमको प्रतिनिधित्व जबरजस्त थियो । जनयुद्धको आधार इलाकाका रूपमा रहेको रुकुमले जनयुद्ध तथा त्यसपछिको शान्ति प्रक्रियामा पनि नेतृत्वदायी भूमिका खेलेको थियो । तर जनार्दनले प्रचण्डको साथ छाडेसँगै अब प्रचण्डले नेतृत्व गरेको पार्टीमा रुकुमको प्रतिनिधित्व पहिलो पटक शून्य भएको हो ।
जनार्दन पक्षीय नेताहरूले प्रचण्डले रुकुमलाई हेर्ने नजर स्पष्ट भएको बताएका छन् । अहिलेसम्म जनार्दनले लडेर रुकुमलाई राष्ट्रिय रूपमा स्थापित गरेको तर अहिले प्रभाकरले छाड्ने बित्तिकै प्रचण्डको खास चरित्र देखिएको उक्त पक्षको दाबी छ ।
तर साबिक माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले यो प्रारम्भिक विवरण भएको बताउनुभएको छ । ‘यो प्रारम्भिक लिस्ट हो, अन्तिम होइन, यसैलाई आधार मानेर टिप्पणी गर्नु गलत हो,’ उहाँले भन्नुभयो । प्रभाकर नभएर हाल प्रस्तावित केन्द्रीय समितिमा रुकुम पश्चिमको प्रतिनिधित्व नभएको भन्नु हास्यास्पद तर्क रहेको समेत उहाँले बताउनुभयो ।
को को हुन् तत्कालीन माओवादीमा जिल्लाबाट केन्द्रीय सदस्य






-1759842583.jpg)