प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पुस १९ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन कार्य सञ्चालन हुने भएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामावली तयार गर्नका लागि निर्वाचन आयोगबाट निर्धारण भए बमोजिम रुकुम पश्चिममा पनि पुस १९ देखि माघ १८ गतेसम्म नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयको भनाई छ ।
सबै तहमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, थुनुवा, कैदी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी लगायतको अस्थायी मतदाता नामावली संकलन गरिने छ । उनीहरूले जुन जिल्लामा सेवारत छन् सोही जिल्लाबाट समानुपातिक तर्फ मतदान गर्न पाउने छन् ।
सोही अनुसार जिल्लामा सेवारत अन्य जिल्लाका मतदाताहरूलाई लक्षित गरेर जिल्लामा पनि पुस १९ देखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यसका लागि निर्वाचन कार्यालयले पुस १५ गतेबाट पुस १८ गतेसम्म जिल्लास्थित सम्पूर्ण कार्यालयहरुलाई अस्तायी नामावली कार्यक्रममा समेटिने कर्मचारीहरुको विवरण पठाउन पत्राचार गर्ने जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।
जस अनुसार सङ्कलन भएको नामावली कार्यालयले प्रमाणित गरी पुस १९ गते देखि माघ १८ गतेसम्म प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउन पाउने उहाँले जानकारी गराउनुभएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ भने जिल्लावासीले मात्र मतदान गर्न पाउने छन् । रुकुम पश्चिममा कुल मतदाता सङ्ख्या १ लाख ६ हजार ६ सय ६० रहेको छ । जसमा पुरुष ५४ हजार २ सय ६३, महिला मतदाताको सङ्ख्या ५२ हजार ३ सय ९६ र अन्य १ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
काे हुन् अस्थायी मतदाता ?






-1759842583.jpg)
