Kakhara सबैको खबर सम्पूर्ण खबर
फोटोमा हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभा 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमको एकता सन्देश सभा जिल्ला सदरमुकाम मुसिकोटमा सम्पन्न भएको छ । खलङ्गाको बराहटाकुरामा उल्लेख्य जनसहभागिता सहित सभा सम्पन्न भएको हो । नेकपाले यो सभालाई अहिलेसम्मको भव्य भनेको छ ।

साबिक नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले १० हजार बढी जनसहभागितामा सभा भव्य रूपमा सम्पन्न भएको बताउनुभयो । पार्टी एकता पश्चात् जिल्लामा झन् उत्साह थपिएको उहाँले बताउनुभयो । जनार्दन शर्मा प्रभाकरले अर्को पार्टी बनाएपछि रुकुम छिन्न भिन्न हुन्छ भन्नेहरूका लागि आजको सभाले गतिलो जवाफ दिएको उहाँको भनाई छ ।

एकता सभा झन् भव्य हुनुले रुकुमेली जनता क्रान्तिको पक्षमा एक ढिक्का भएको सन्देश गएको उहाँको भनाई थियो । सभालाई पार्टी केन्द्रले समेत विशेष महत्त्व दिएको थियो । एकतामा सामेल नहुने भन्दै जनार्दन शर्माले फरक पार्टी निर्माण गरेपछि उहाँको गृह जिल्ला रुकुम पश्चिममा नेकपाले आजको सभालाई प्रतिष्ठाको विषय बनाएको थियो ।

यसमा सफल भएको नेकपाको निष्कर्ष छ । सभालाई सम्बोधन गर्न पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै हेलिकप्टर चढेर रुकुम पश्चिम पुग्नुभएको थियो । त्यस्तै कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, साबिक नेकपा माओवादीका प्रदेश अध्यक्ष विमला केसी, उम्मेदवारमा सिफारिस गोपाल शर्मा, समानुपातिक बन्द सूचिमा समावेश झक्कुप्रसाद घर्ती, नेता ठगेन्द्रप्रकाश पुरी, नेतृ देवी ओली लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सभामा विभिन्न ठाउँबाट आएका झाँकी तथा सांस्कृतिक कार्यक्रमहरु समेत राखिएको थियो । सभाको सञ्चालन साबिक माओवादीका जिल्ला संयोजक गोविन्द रोका सचिनले गर्नुभएको थियो । फाेटाेमाे हेर्नुहाेस सभा ।

ncp-sabha-(11)-1768051480.jpg

ncp-sabha-(10)-1768051479.jpg

ncp-sabha-(8)-1768051478.jpg

ncp-sabha-(9)-1768051478.jpg

ncp-sabha-(4)-1768051474.jpg

ncp-sabha-(7)-1768051476.jpg

ncp-sabha-(6)-1768051476.jpg

ncp-sabha-(5)-1768051475.jpg

ncp-sabha-(3)-1768051474.jpg

ncp-sabha-(1)-1768051473.jpg

ncp-sabha-(2)-1768051473.jpg

1000135786-1768048502.jpg

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update