जिल्ला एकता सन्देश सभालाई सम्बोधन गर्न रुकुम पश्चिम पुग्नुभएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधवकुमार नेपाल आज रुकुम पश्चिममै बस्नुभएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनका अनुसार उहाँहरू भोली फर्किनुहुने छ । उहाँहरू भोली बिहान हुने नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपस्थित हुनुहुने छ ।
दुवै जनाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने रोकाले जानकारी दिनुभयो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले आज मुसिकोटमा एकता सन्देश सभा गरेको छ ।
उक्त सभामा सहभागी हुन् संयोजक प्रचण्ड र सह संयोजक माधव हेलिकप्टर चढेर रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्नुभएको हो ।





-1759842583.jpg)
