मुसिकोट १० चुनका दिलिप बने `दि हिरोज´ अन्तरास्ट्रिय तेक्वान्दोको उपविजेता
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चुनका एक युवाले थाइल्यान्डमा भएको तेस्रो `दि हिरोज´ अन्तरास्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२६ को रजत पदक प्राप्त गरेका छन । जनवरी २३ देखि २४ सम्म थाइल्याण्डको पटाया सहर, चोनबुरीस्थित टुककममा आयोजना भएको उक्त प्रतियोगितामा चुनका १८ वर्षका दिलिप खड्काले रजक पद प्राप्त गरेका हुन । १८ वर्षभन्दा माथिको सिनियर ब्ल्याक बेल्ट खेलाडीहरूको पुम्से (फर्म) प्रतियोगितामा अवार्ड पाप्त गर्न सफल भएको रजत पद प्राप्त खड्काले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा प्रथम चितवनका र तेस्रो स्पेनका खेलाडी बनेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १०:०९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)