नेपाली काँग्रेस रुकुम पश्चिमले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर प्रचारलाई तीव्रता दिएको छ । उम्मेदवार राजु केसी सहित नेपाली काँग्रेस चुनावी प्रचार लिएर गाउँ पसेको हो । घरदैलो तथा जनभेटघाट मार्फत चुनावी प्रचार गरिरहेको उम्मेदवार केसीले जानकारी दिनुभयो ।
आजसम्म दुई पालिकामा पुगेको उहाँको भनाई छ । उहाँका अनुसार बाँफिकोट गाउँपालिकाका १–९ सम्मका वडा र त्रिवेणी गाउँपालिकाका ४ वटा वडामा घरदैलो सकिएको छ । अब बाँफिकोटमा १० नम्बर वडा र त्रिवेणीका अन्य ६ वटा वडा बाँकी रहेको उहाँले बताउनुभयो । अबको केही दिन सानीभेरी गाउँपालिकामा चुनावी प्रचार सञ्चालन हुने उहाँले बताउनुभयो ।
सानीभेरीमा एकै पटकमा चुनावी प्रचार सकाउने र त्यसपछि बाँकी पालिकामा चुनावी प्रचार सुरु हुने उम्मेदवार केसीले बताउनुभयो । आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित मतदाताकोमा पुगिरहेको उहाँले बताउनुभयो । अहिलेसम्मको प्रचारमा जनताको उत्साह देखिएको उहाँले बताउनुभयो ।
साथै निर्वाचनलाई लक्षित गरेर पार्टीका जन वर्गीय र पेसागत सङ्गठनको पनि छलफल तथा बैठकहरू चलिरहेको नेपाली काँग्रेस रुकुम पश्चिमले जनाएको छ । सोही अन्तर्गत पार्टीले आज तरुण दलको छलफल राखेको थियो ।





-1759842583.jpg)