फागुन २१ गतेको निर्वाचनका लागि रुकुम पश्चिममा मत पत्र आइपुगेको छ । प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतपत्र आइपुगेको हो । जिल्लामा शनिवार मतपत्र आइपुगेको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो ।
प्रत्यक्ष तर्फ १ लाख १५ हजार र समानुपातिक तर्फ १ लाख २१ हजार मतपत्र आइपुगेको हो । उक्त मतपत्र नेपाली सेनाले जिल्ला ल्याइपुर्याएको हो । मत पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपत्र कडा सुरक्षाका बिच राखिएको छ ।
जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदाता संख्या भन्दा बढी मत पत्र आइपुगेको हो । निर्वाचन आयोगले नै मतदाता संख्याको तुलनामा बढी मतपत्र पठाइरहेको छ ।
जिल्लामा १२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लामा स्वतन्त्र रूपमा भने कसैको उम्मेदवारी परेको छैन । जिल्लामा प्रतिस्पर्धामा रहेकामा १ जना मात्र महिला उम्मेदवार रहेका छन् ।





-1759842583.jpg)