नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक तथा रुकुम पूर्वबाट फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्व र पश्चिममा दुवै जनाले विजयको रेकर्ड बनाउनुपर्ने बताउनुभएको छ । आफ्नो चुनावी क्षेत्र रुकुम पूर्वको भेटघाट कार्यक्रमलाई सक्काएर रुकुम पश्चिम पुग्नुभएका उहाँले मुसिकोट नगरपालिका १ छिङका मतदातालाई सम्बोधन गर्दै सहिदको सपना पुरा गर्न ऐतिहासिक विजय रेकर्ड बनाउनुपर्ने बताउनुभयो ।
‘‘विजयको ऐतिहासिक रेकर्ड बनाएर देशभर सन्देश दिनुपर्छ सहिदका सपना मर्नेछैनन्, जनताका विकासको आकाङ्क्षा मर्ने छैनन् नेकपा नेतृत्व गर्नेबाट विचलित हुने छैन भन्ने प्रमाण निर्वाचनबाट दिनुपर्ने छ उहाँले भन्नुभयो ।’’
रुकुम, रोल्पा, सल्यान, जाजरकोट पार्टीको आधार इलाका भएकाले निर्वाचन जित्न अप्ठेरो नहुने र जनताले साथ दिने उहाँको भनाई थियो । ‘‘हिजो जनयुद्धको कालमा पनि शान्ति प्रक्रियामा पनि हाम्रो वर्चश्व रहँदै आएको छ । पटक पटक किल्ला तोड्नका लागि जालझेल षड्यन्त्र हुँदै आएका छन्, पार्टीमा विभाजन ल्याउने, जनतामा विभाजन ल्याउने षड्यन्त्र विफल हुने छन् प्रचण्डले भन्नुभयो ।´´
सहिद तथा बेपत्ता परिवारका सदस्य, आम रुकुमेली जनता पार्टी प्रति एक ढिक्का भएको र पटक पटक ठुलै षड्यन्त्र गर्न खोजिए पनि रुकुमका जनताले त्यसलाई परास्त गरेको उहाँले बताउनुभयो ।





-1759842583.jpg)