Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नमुना मतदान, नमुना सुरक्षा अभ्यास पनि (फाेटाे फिचर)

फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर रुकुम पश्चिममा नमुना मतदान सम्पन्न भएको छ । बदर मतलाई कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले मुसिकोट १ खलङ्गा स्थित मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान आयोजना गरेको हो ।

मतदानको सही तरिका सिकाउने र बदर मतलाई कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नमुना मतदानमा २५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ओमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार समग्रमा ५ वटा मत बदर भएका छन् भने २० मत सदर भएका छन् । 

प्रत्यक्ष तर्फ ३ वटा र समानुपातिक तर्फ २ वटा मत बदर भएको उहाँले बताउनुभयो । जसरी वास्तविक निर्वाचन सञ्चालन हुन्छ त्यसै गरी प्रक्रिया पुरा गरेर नमुना मतदान सञ्चालन गरिएको उहाँले बताउनुभयो । मतदाता लाइन लाग्ने देखि मत हालेर बाहिर निस्किदा सम्मको सबै पक्रिया पुरा गरिएको उहाँले बताउनुभयो । 

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको हो । आयोगबाट तोकिएर आएको कार्यक्रम अनुसार जिल्लामा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिनुभयो । यो कार्यक्रमले मतदाताहरूलाई सचेत बनाई बदर मतलाई कम गर्न टेवा पुग्ने र निर्वाचनको माहौल समेत बनाउने उहाँले बताउनुभयो । 

नमुना मतदान सँगै सम्भावित हुलदङ्गा नियन्त्रणको अभ्यास समेत गरिएको छ । तीन वटै तहका सुरक्षाकर्मीहरूले मतदान स्थलमा हुनसक्ने हुलदङ्गा र सुरक्षा चुनौतीको सामनाका लागि नमुना सुरक्षा अभ्यास समेत गरेको हो । मतदान स्थलमा निर्वाचनलाई बिथोल्ने प्रयास भएमा त्यसलाई कसरी नियन्त्रण गर्ने भनेर नमुना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । 

matadan-namuna-(13)-1771851089.jpeg
एउटा समूह निर्वाचन बिथोल्ने प्रयास सहित मतदान स्थलमा नाराबाजी सहित प्रवेश गरेको थियो भने सुरुमा उक्त भिडलाई नेपाल प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । प्रदर्शनकारी नरोकिएपछि थप मद्दतका लागि सशस्त्र प्रहरीको टोली आएको थियो । त्यतिले पनि नपुगेपछि र अवस्था थप तनावग्रस्त बनेपछि बाहिरी सुरक्षा घेरामा रहेको नेपाली सेना भिड नियन्त्रणका लागि आएको थियो । 

नेपाली सेनाको उपस्थिति पछि भने भिड तितरबितर भएको थियो । भने नमुना मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो । यो अभ्यासले नागरिकहरूमा निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण अवस्थामा सम्पन्न गराउनुपर्छ भन्ने सन्देश जाने र सुरक्षाकर्मीहरूलाई समेत सम्भावित घटनाको प्रतिरक्षाका लागि तम्तयार हुन मदत पुग्ने प्रमुख जिल्ला अधिकारी थानीले बताउनुभयो ।

matadan-namuna-(9)-1771851086.jpeg
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, ३ वटै सुरक्षा निकायका प्रमुख, प्रमुख अनुसन्धान अधिकृत, जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 
 
रुकुम पश्चिममा ७६ मतदान स्थल, १ सय ४० वटा स्थायी तथा २ वटा अस्थायी मतदान केन्द्रहरू रहेका छन् । जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

matadan-namuna-(1)-1771851083.jpeg

matadan-namuna-(8)-1771851085.jpeg

matadan-namuna-(6)-1771851084.jpeg

matadan-namuna-(10)-1771851087.jpeg

matadan-namuna-(12)-1771851089.jpeg

matadan-namuna-(7)-1771851085.jpeg

matadan-namuna-(5)-1771851083.jpeg

matadan-namuna-(15)-1771851081.jpeg

matadan-namuna-(14)-1771851080.jpeg

matadan-namuna-(2)-1771851081.jpeg

matadan-namuna-(3)-1771851082.jpeg

matadan-namuna-(4)-1771851083.jpeg

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update