Kakhara सबैको खबर सम्पूर्ण खबर
उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीद्वारा जनार्दनलाई समर्थन

उज्यालो नेपाल पार्टीका रुकुम पश्चिम उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । उहाँले फागुन २१ गतेका लागि रुकुम पश्चिमबाट दिएको उम्मेदवारी निष्क्रिय पार्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्नुभएको छ ।

२ पार्टी बिच आज ४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रलाेपाकाे पार्टी कार्यालय मुसिकोटमा पत्रकार सम्मेलनका बिच सहमति पत्रमा हस्ताक्षर भएको थियो भने उक्त पत्र सार्वजनिक गरिएको हो । मतदाताहरूको सुझाव अनुसार आफूले जिल्लाको अभिभावक जनार्दन शर्मालाई समर्थन गरेको केसीले बताउनुभयो ।

`म निर्वाचन प्रचारका क्रममा सबै मतदाताकोमा पुगेँ, उहाँहरूले तपाईँका एजेन्डा ठिक छन् तर अहिले तपाइले जित्नुभएन भने तपाइले उठाएका एजेन्डा त्यसै मर्ने छन्, त्यस कारण जित्ने उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्नुहाेस भनेर सुझाव दिनुभयो, सोही अनुसार हाम्रो पार्टीले जिल्लाको विकासका लागि उठाएका एजेन्डाको सामीत्व लिन जनार्दन शर्मा राजी हुनुभयो र मैले उहाँलाई समर्थन गरेँ उहाँले भन्नुभयो ।´

रुकुम पश्चिमको समग्र विकास, प्रविधिमैत्री सुशासन र आगामी निर्वाचनमा साझा नेतृत्व सहकार्य गर्ने सहमति भएको उहाँले बताउनुभयो । प्रत्यक्ष तर्फ आँखा चुनाव चिन्हमा मतदान गर्न र समानुपातिक तर्फ भने आफ्नै चुनाव चिन्ह बाँसुरी चिन्हमा मत दिन उहाँले सबै मतदातामा आग्रह गर्नुभयो ।

हस्ताक्षर पछि आफू जिल्लाको साझा उम्मेदवार रहेको जनार्दन शर्माले बताउनुभयो । यसअघि एमालेले आफूलाई समर्थन गरेको र आज उज्यालो नेपाल पार्टीले समर्थन गरेपछि थप साझा बनेको उहाँको भनाई छ । अन्य उम्मेदवारले पनि आफूलाई समर्थन गर्ने उहाँको विश्वास छ ।

उज्यालो नेपाल पार्टी र आफ्नो पार्टीका धेरै एजेन्डा मिल्ने र हिजो कुलमान घिसिङ सँग मिलेर नेपाललाई अँध्यारो मुक्त गरेकोले आफू र कुलमान बिच धेरै समानता रहेको उहाँले बताउनुभयो । आफू जिल्लावासीको साझा उम्मेदवार रहेको र जिल्लाका अधुरा विकासलाई पूरा गर्न उम्मेदवारी दिएकोले जिल्लावासीले भारी मतले विजयी गराउने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो ।

सहमति पत्रमा उम्मेदवारी निष्क्रिय र पूर्ण समर्थन गर्ने, मतदानका लागि आह्वान गर्ने, एजेन्डाको स्वामित्व लिने र नीतिगत तथा योजनागत भूमिका निर्वाह गर्ने उल्लेख छ ।

1000156412-1772166826.jpg

 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update