रुकुम पश्चिममा कैदी बन्दीसँगको भेट बन्द
२४ घण्टासम्म भेटघाट गर्न नपाइने ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुकुम पश्चिममा कैदी बन्दीसँगको भेट बन्द गरिएको छ । कारागार सुरक्षाका लागि रहेका कर्मचारी तथा सुरक्षाकर्मी निर्वाचनमा खटिनुपर्ने भएकोले कैदी बन्दीहरूलाई भेट गर्न रोक लगाइएको हो ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कारागार कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीहरू विभिन्न मतदान केन्द्रमा खटिनुपर्ने भएको तथा कारागारमा समेत मतदान केन्द्र रहेको हुँदा आजबाट भेटघाट बन्द गरिएको जिल्ला कारागार कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
फागुन २४ सम्मका लागि सम्पूर्ण आगन्तुक भेटघाट बन्द गरिएको ब्यहोरा निमित्त कारागार प्रशासक अकविर घर्तीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२ १६:२१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)