भोली हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा मतगणना स्थल तयार पारिएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार पारिएको सहायक मतदान अधिकृत इन्दिरा शाहीले जानकारी दिनुभयो ।
भोली बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने र त्यस लगत्तै मत पेटिकाहरू जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने उहाँले बताउनुभयो । जिल्ला भरका मतपत्र सदरमुकाम ल्याइपुर्याएपछि मतगणना सुरु हुने उहाँको भनाई छ । मतगणनाका लागि मत गणना स्थल तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
सबै सुरक्षा व्यवस्था सहित मतगणना स्थल तयारी अवस्थामा राखिएको उहाँको भनाई छ । सि सी क्यामेरा जडान देखि अन्य सबै सुरक्षा प्रबन्ध मिलाइएको उहाँले जानकारी गराउनुभयो ।





-1759842583.jpg)