रुकुम पश्चिममा भोली नै मतपेटिका जिल्ला सदरमुकाम ल्याउने गरी तयारी गरिएको छ । मतदान सकिने बित्तिकै आवश्यक प्रक्रिया पुर्याएर मतपेटिका सङ्कलनको काम सुरु गर्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष दिनेशप्रसाद थानीले जानकारी गराउनुभयो ।
जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलनका लागि सबै सुरक्षा देखि अन्य व्यवस्था मिलाइएको र मतदान सकिने बित्तिकै मतपेटिका सङ्कलनको काम सुरु हुने उहाँको भनाई छ । भोली रातीसम्ममा जिल्ला भरका मतपेटिका सङ्कलन गरिसक्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
जिल्लाका आठबिसकोट नगरपालिकाका केही मतदान केन्द्रबाट मतपेटिका सङ्कलनमा ढिलाइ हुनसक्ने उहाँले बताउनुभयो । अप्ठेरो बाटोका कारण वडा नम्बर १, २ र ३, ४, ५ र ६ लगायतका ठाउँबाट मतपेटिका सङ्कलनमा समय लाग्ने देखिए पनि अन्य ठाउँबाट भने मतपेटिका सङ्कलनमा धेरै समस्या नरहेको प्रजिअ थानीले बताउनुभयो ।
मतपेटिका सङ्कलनका लागि सबै प्रबन्ध मिलाएर तयारी अवस्थामा बसिरहेको र समयमै सुरक्षित मतपेटिका सङ्कलन हुने उहाँले बताउनुभयो । भोली रातभरिमा मतपेटिका सङ्कलन सकिएमा पर्सी बिहानबाटै मतगणना सुरु गर्ने तयारी गरिएको छ ।





-1759842583.jpg)