Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै मतदान केन्द्रमा मतदान सुरु 

रुकुम पश्चिमका सबै मतदान केन्द्रहरूमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । सबै केन्द्रहरूमा शान्तिपूर्वक मतदान भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

रुकुम पश्चिमका ६ स्थानीय तहमा ७६ मतदान स्थल रहेका छन् भने १ सय ४० स्थायी र २ अस्थायी गरी १ सय ४२ वटा मतदान केन्द्रहरू रहेका छन् । जिल्लामा कुल मतदाता संख्या १ लाख ६ हजार ६ सय ६० जना रहेको छ । जसमा पुरुष मतदाता ५४ हजार २ सय ६३ जना रहेका छन् भने महिला मतदाता ५२ हजार ३ सय ९६ तथा एक जना अन्य मतदाता रहेका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update