रुकुम पश्चिममा १२ बजेसम्म झन्डै ३७ हजार मत खस्यो
३४.५३ प्रतिशत मत खस्याे ।
रुकुम पश्चिममा मध्यान्ह १२ बजेसम्म झन्डै ३७ हजार मत खसेको छ । महिला १८ हजार ९ सय ७२ र पुरुष १७ हजार ८ सय ६२ गरी ३६ हजार ८ सय ३४ जनाले मतदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । यो कुल मतदाताको ३४.५३ प्रतिशत रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ५० मतदाता रहेका छन् ।
जिल्ला भरका ७६ मतदान स्थलका १ सय ४० केन्द्रमा मतदान भइरहेको छ । त्यस्तै जिल्ला कारागार र खलङ्गाको बराहटाकुरामा गरी २ ठाउँमा अस्थायी मतदान केन्द्र राखिएको छ । यहाँ समानुपातिक तर्फको मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १२:४१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)