जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ७१ जना पुरुष र १ जना महिला गरी कुल ७२ जनाले मतदान गरेका हुन् ।
कारागारमा रहेका मध्ये ७२ जनासँग मात्र मतदाता नामावली रहेको र सबैले मतदान गरेको गरेको उहाँले बताउनुभयो । उनीहरूले समानुपातिक तर्फ मात्र मतदान गर्न पाएका छन् । त्यस्तै सुरक्षाकर्मी तथा कर्मचारीहरूका लागि खलङ्गाको बराहटाकुरामा अर्को अस्थायी मतदान केन्द्र छ । यहाँ पनि कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिक तर्फ मतदान गरिरहेका छन् ।
जिल्लाका ७६ मतदान स्थलका १ सय ४० मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ । जिल्लामा अहिलेसम्म मतदान बिथोल्ने खालका गतिविधिहरू नभएको बताइएको छ ।





-1759842583.jpg)