रुकुम पश्चिममा ३:३० सम्म झन्डै ५७ प्रतिशत मत खस्यो
६० प्रतिशत खस्न सक्ने ।
रुकुम पश्चिममा दिउँसो ३ः३० बजेसम्म झन्डै ५७ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ५६.८२ प्रतिशत अर्थात् ६० हजार ६ सय मत खसेको हो । जसमा महिला ३३ हजार ४ सय ९७ र पुरुष २७ हजार १ सय ३ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ५० मतदाता रहेका छन् । जिल्ला भरका ७६ मतदान स्थलका १ सय ४० केन्द्रमा मतदान भइरहेको छ । त्यस्तै जिल्ला कारागार र खलंगाको बराहटाकुरामा गरी २ ठाउँमा अस्थायी मतदान केन्द्र राखिएको छ । यहाँ समानुपातिक तर्फको मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)