Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा जनार्दन शर्मालाई सुरूवाती अग्रता

रूकुम पश्चिममा प्रगतिशील लाेकतान्त्रिक पार्टीका उम्मेद्वार जनार्दन शर्माले सुरूवाती अग्रता लिनुभएकाे छ । आठबिसकाेट नगरपालिकाबाट मतगणना सुरू भएकाेमा शर्माले १ सय ७२ मतकाे अग्रता लिनुभएकाे हाे । 

आठबिसकाेट १ र ३ तथा ४ काे ख मतदान केन्द्रकाे १७ सय ५२ मत गणना गर्दा शर्माले ७ सय २६ मत ल्याउनुभएकाे छ । उहाँलाई नेपाली कम्युनिष्ट पार्टीका गाेपाल शर्माले ५ सय ५४ मतले पछ्याइरहनुभएकाे छ । 

नेपाली काँग्रेसका राजु कसीले २ सय ३७ मत पाउनुभएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत ल्याउनुभएकाे छ । ८९ मत बदर भएकाे छ । जिल्लामा ६२ हजार ९ सय ८६ मत खसेकाे छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update