रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीले विजयी र्याली निकालेको छ । फागुन २१ गतेको निर्वाचनमा विजयी भएपछि पार्टीले आज जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा विजय र्याली निकालेको हो । हिजो मध्यरातमा सकिएको मतगणना अनुसार रुकुम पश्चिमबाट पार्टीका उम्मेदवार गोपाल शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सोही खुसीमा आज नेकपाले खलङ्गाका विजय र्याली निकालेको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँबाट सुरु भएको र्याली बागबजार हुँदै खलङ्गा बजार परिक्रमा गर्दै बाल मन्दिरमा विजय सभामा परिणत भएको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरूले जितको खुसीयालीमा नाचगान समेत गरेका थिए ।
बाल मन्दिरमा भएको सभामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित गोपाल शर्मा, पार्टीका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा रुकुम पश्चिम निर्वाचन परिचालन समितिका संयोजक वसन्त शर्मा, नेतृ विमला केसी, देवी ओली लगायतका नेताहरूको उपस्थिति रहेको थियो । सभाको सञ्चालन पार्टीका जिल्ला संयोजक गोविन्द रोकाले गर्नुभएको थियो ।
-1772974580.jpeg)
सभालाई नव निर्वाचित सांसद गोपाल शर्मा, वसन्त शर्मा र देवी ओलीले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै शर्माले समृद्ध रुकुम पश्चिम निर्माणका लागि आफूले गम्भीरताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । हिजोसम्म आफू पार्टीको उम्मेदवार रहेकामा निर्वाचित भइसकेपछि सबैको साझा भएको भन्दै सोही मर्म अनुसार काम गर्ने उहाँको प्रतिबद्धता थियो ।
निर्वाचन परिचालन समितिका संयोजक वसन्त शर्माले पार्टी उम्मेदवारलाई विजयी गराएकोमा उहाँले जिल्लावासीलाई धन्यवाद दिनुभएको थियो । रुकुम पश्चिमको विकासको नेतृत्व पार्टीले गरिरहेकामा अब पनि समृद्ध रुकुम निर्माणको जिम्मा पार्टीले लिने उहाँले बताउनुभयो ।
जिल्लाको फेरिएको राजनीतिक परिस्थितिले सिर्जना गरेको असहज अवस्थामा पनि रुकुमेली जनताले कम्युनिस्ट विरासत जोगाएको भन्दै उहाँले धन्यवाद दिनुभयो । त्यस्तै नेतृ देवी ओलीले रुकुमेली जनताहरू कम्युनिस्ट विचारमा प्रतिबद्ध रहेको पुष्टि यस निर्वाचनले गरेको बताउनुभयो ।
-1772974575.jpeg)
अब पार्टी र नव निर्वाचित सांसद शर्माको काँधमा रुकुमको विकास गर्ने कार्यभार आइपुगेको र यसलाई कुशलता पूर्वक पूरा गर्ने विश्वास पनि दिलाउनुभयो । विजय र्यालीमा सहभागी हुन जिल्लाका गाउँ गाउँबाट नेता तथा कार्यकर्ता र समर्थकहरू सदरमुकाम पुगेका थिए ।
नेकपाका उम्मेदवार शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीलाई ४ हजार ९ सय ४८ मतान्तरले पछि पार्नुभयो । केसीले १६ हजार ६ सय ६१ मत ल्याउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा भने १४ हजार ३ सय ४६ मत सहित तेस्रो हुनुभयो । चौथो बन्नुभएका रास्वपाका मानबहादुर शाहीले ४ हजार ७६ मत पाउनुभयो । रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकामा कुल ६२ हजार ५ सय ३९ मत खसेको थियो ।
-1772974587.jpeg)
-1772974585.jpeg)
-1772974585.jpeg)
-1772974575.jpeg)
-1772974577.jpeg)
-1772974583.jpeg)
-1772974583.jpeg)
-1772974577.jpeg)
-1772974580.jpeg)





-1759842583.jpg)